काठमाडौं । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी भारतीय भूमिमा गोली हानी महिलाको हत्या भएको छ।
Advertisement
अज्ञात समूहले गोली हानेर हत्या गरिएकी अन्दाजी २५÷२६ वर्षकी महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शव पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेका छन् । प्रहरीका अनुसार गोली हान्ने व्यक्तिहरू पनि भारततर्फ नै भागेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।