काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिका–४ मा सातवटा घरमा एक समूहले आगो लगाइदिएको छ ।
Advertisement
शुक्रबार राति ती घरमा आगजनी गरिएको र् आगजनीबाट आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगो कुनै घरको ढोकामा र कुनै घरको झ्यालमा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि सो समूह भागेको थियो । त्यसपछि पीडितहरुले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार आगजनी कसले र किन गर्यो भन्ने विषय अहिलेसम्म खुलेको छैन।
आगजनी एउटै गाउँमा नभई विभिन्न गाउँका घरमा भएको प्रहरीले जनाएको छ।