काठमाडौँ । भक्तपुरको साँगामा यात्रुवाहक बस दुर्घटना भएको छ ।
Advertisement
काठमाडौँबाट काभ्रेको धुलिखेल जाँदै गरेको बा३ ख९३९६ नम्बरको बस साँगानजिकै झोलुङ्गे पुलमुनि दुर्घटनामा परेको हो ।
दुर्घटनामा सात जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । बस पुलमुनि भिरबाट तल खसेर दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी प्रदीप केसीका अनुसार घाइतेको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।