• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

जापानबाट फर्केर बाख्रापालनमा रमाए बस्नेत


  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
  • बागलुङबजार । बागलुङ गलकोट नगरपालिका वडा नं. ९ मा रहेको समुन्नत एग्रो फर्ममा बाख्रालाई घाँस राख्दै छन् रमेश बस्नेत । उनी बिहान सबेरै उठेदेखि साँझ अबेरसम्म नै यही बाख्रा फर्ममा हुन्छन् । बाख्रालाई घाँस हाल्ने, पानी दिने, दाना दिने र रेखदेख गर्ने ।
    गत दुई वर्षदेखि बाख्रापालनमा रमाइरहका गलकोट नगरपालिका वडा नं. ५ का ३४ वर्षीय बस्नेत बाख्रापालनबाट नै आर्थिक उन्नतिको भविष्य देख्छन् ।

    Advertisement

    ‘बाख्रापालन आर्थिक उन्नतिको राम्रो श्रोत हो भन्ने ठानेर म यसैमा होमिएको छु’ उनी भन्छन्– ‘आम्दानी हुन केही ढिलो होला तर राम्रो हुन्छ भन्ने ठानेको छु ।’

    उनको फर्ममा अहिले बोयर जातका ७० ओटा बाख्रा रहेका छन् ।

    बाख्रामै लगानी थप गरिरहेका बस्नेतले उत्पादन भएका बोका बिक्रीको लागि समस्या नहुने बताए ।

    ‘बजारको लागि कुनै समस्या छैन, गाउँमै पनि बिक्री भइरहेका छन्’ उनले भने– ‘उत्पादन गर्न सके बजारको कुनै समस्या हुँदैन ।’
    बोयर जातको बोकाको एक केजी मासु एक हजार रुपैयाँमा बिक्री हुने गर्दछ ।

    उनले पछिल्लो दुई वर्षमा ५० ओटा बोका बिक्री गरेका छन् यद्यपि त्यो आम्दानी बाख्रापालनमा नै थपिरहेका छन् ।

    लगानीबारे खासै खुलाउन नचाहने बस्नेत लामो समय जापान बसेर फर्किएका हुन् ।

    अध्ययनका लागि जापान पुगेका उनी करिब ८ वर्षको जापान बसाइँ सकेर नेपाल फर्किएका हुन् ।

    कोभिड–१९ को महामारीको समयमा नेपाल आएका उनी त्यहि समयदेखि नै बाख्रापालनमा होमिएका छन् ।

    ‘म पहिल्यैदेखि आफ्नै देशमा केही गर्नुपर्छ भनेर सोचिरहेको थिएँ, नेपाल आएको समयमा कोभिड–१९ को महामारी फैलियो’ उनले भने– ‘यही समय आफ्नै देशमा स्वरोजगार बन्ने अवसर मिल्यो ।’

    उनको अनुभवमा बाख्रापालन केही चुनौतिपूर्ण भए पनि आम्दानीको राम्रो श्रोत भएको बुझाइ छ । बाख्राफर्ममा उनीसँगै उनको परिवारले समेत साथ दिँदै आएको छ ।

    बाख्रापालनलाई व्यवस्थित गर्न सरकारी निकायले प्राविधिक सहयोग गर्नु पर्ने उनको बुझाइ छ ।

    ‘बाख्रालाई बिभिन्न रोगहरू लाग्न सक्छ । विभिन्न समस्याहरू आउन सक्छ’ उनले भने– ‘त्यस समयमा राज्यको सहयोग आवश्यक पर्दछ ।’

    उनले हाल सरकारले दिने सहयोग त्यति धेरै व्यावहारिक नभएको बताए ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र बागलुङद्वारा करिब एक लाख रुपैयाँ अनुदान पाएका उनले अनुदान भौतिक संरचना केन्द्रित रहेको बताए ।

    ‘नयाँ बाख्रापालकको लागि त्यो पनि राम्रै हुन सक्छ तर बाख्रापालन गरिरहेकालाई संरचना नै बनाउन मात्र दिनु व्यावहारिक मानिँदैन किनकि संरचना तयार नै हुन्छ’ उनले भने– ‘अन्य प्राविधिक क्षेत्रमा सहयोग गर्नुपर्छ ।’

    बागलुङ जिल्ला मासु उत्पादनमा आत्मनिर्भर रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले आगामी दिनमा हुने अनुदान कृषकको माग बमोजिम हुने बताए ।

    ‘आगामी दिनमा बाख्रापालक कृषकको आवश्यकतालाई हेरेर कार्यक्रम ल्याउँछौँ’ उनले भने– ‘हाम्रो काम कृषकलाई प्रबर्धन गर्नु हो त्यसैले उहाँहरूलाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याउँछौँ ।’

    उनले बागलुङ मासु उत्पादनमा आत्मनिर्भर जिल्ला रहेको बताए ।

    जिल्लामा ५० ओटा भन्दा धेरै बाख्रा पाल्ने एक सयभन्दा धेरै बाख्रा फर्म रहेको बताए । तिनै फर्मबाट उत्पादित बोकाले मासुलाई आत्मनिर्भर बनाउन मदत पुर्‍याएको छ ।

    ‘बागलुङ मासुमा आत्मनिर्भर रहेको छ । पछिल्लो केही वर्ष बागलुङका मासु पसलमा जिल्लाबाहिरबाट बोका ल्याएको देखिँदैन’ उनले भने– ‘प्राय: सबै पसलमा जिल्लामै उत्पादन भएका बोकाको मासु बिक्री गरिन्छ । यसले कृषकलाई आत्मनिर्भर बन्न सघाएको छ ।’

    सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.