• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’


  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
  • – रुपनी जिएम

    Advertisement

    जानकी । बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगञ्जको बजारमा बेच्नमै व्यस्त छन् । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगञ्जको बजारसम्म ल्याउनमै उहाँको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्नुहुन्छ ।

    मौसमअनुसार बारीमा फलाइएका तरकारी बेच्ने शान्तिलाई आफूले कति किलो तरकारी लिएर बिक्री गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याइएका तरकारी भने सबै बेचेर घर फर्कनुहुन्छ उहाँ । ‘अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ । यी त सबै आफ्नै बारीमा फलाइएका तरकारी हुन्’, उहाँले भन्नुभयो, ‘आफ्नै बारीमा फलेको हुनाले टिप्यो बोरामा बाँध्यो अनि बजारमा ल्याएर बेच्यो । कति किलो ल्याइएको हुन्छ भन्ने थाहा नभए पनि बोकेर ल्याइएका सबै तरकारी बेचेर फर्कन्छु ।’

    शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आउनुभएको बताउनुभयो ।

    प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउँनुहुन्छ । उहाँले यसपटक बर्खे तरकारी बेचेर रु एक लाख ९५ हजार कमाई गरेको बताउनुभयो । ‘दैनिक आम्दानी थोरै भनेको रु तीन हजार हुन्छ, नत्र त प्राय: चारदेखि पाँच हजारसम्मको भइरहन्छ । हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर रु एक लाख ९५ हजारको कमाई भएको रहेछ ।’ तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उहाँले बताउनुभयो । शान्तिको चार छोरीसहित छ जनाको परिवार छन् ।

    शान्तिले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत चार वर्षदेखि घर चलाउँदै आउनुभएको छ शोभारानी थारूले पनि । पचपन्न वर्षीया शोभारानीको आम्दानी दैनिक रु दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्मको हुने गर्दछ । उहाँले बर्खे बालीभन्दा हिउँदो बालीबाट बढी आम्दानी गर्ने गरेको बताउनुभयो । ‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको रु पाँच हजार पाँच सयसम्मको आम्दानी गरेको छु’, उहाँले भन्नुभयो ।

    शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उहाँहरू बिहान ७:०० बजे नै गाउँबाट तरकारी बोकेर बेच्नका लागि नेपालगन्जको धम्बौझीमा आइपुग्नुहुन्छ । यो समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको सागलगायतका हरियो तरकारी बेच्दै आउनुभएको छ । साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगन्जको बजारसम्म ल्याएर बेच्न सुरु गरेको शोभारानीले बताउनुभयो । सुरु–सुरुमा लाज लागेको बताउने उहाँले अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताउनुहुन्छ । ‘सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु । अब त सकुञ्जेल यही नै गर्ने हो’, शोभारानीले आठ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्ने गर्नुहुन्छ ।

    शान्ति र शोभारानीलाई पछ्याउँदै ३० वर्षीया सुबिनाकुमारी थारूले पनि आफैँले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्ने गर्नुहुन्छ । उहाँले यसरी तरकारी बेच्न लागेको तीन वर्ष भएको छ । तरकारी बेच्नुभन्दा पहिला उहाँले ज्याला मजदुरी गर्नुहुन्थ्यो । आफूले दिनभरि काम गर्दा जम्मा पाँच सय पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २५ सयदेखि ५५ सयसम्म आम्दानी गरेको थाहा पाएपछि उहाँले पनि बारीमा फलेका तरकारीलाई बजार भाउ दिन सुरु गर्नुभयो ।

    पहिला–पहिला त मैले ज्याला मजदुरी गर्थेँ । दिनभरि काम गर्दा जम्मा रु पाँच सयमात्र कमाइ हुन्थ्यो । थकाइ पनि उस्तै । जब मैले छिमेकीहरूले बारीमा फलेको तरकारी बेचेर एकै दिनमा रु पाँच हजारसम्म कमाएको थाहा पाएँ, त्यसपछि मैले पनि उहाँहरूसँगै बारीमा फलेका तरकारी बजार लगेर बेच्न सुरु गरेँ, सुबिनाले भन्नुभयो, ‘अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपर्दथ्यो । सानै भए पनि यो त आफ्नै व्यापार हो । बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ ।

    तरकारी बेचेरै सुबिनाले पनि एक बिहान रु तीन हजार पाँच सय हाराहारीमा आम्दानी गर्ने गर्नुहुन्छ । उहाँ दिन बिराएर तरकारी बिक्री गर्न नेपालगन्ज आउने गर्नुहुन्छ । तरकारीबाट राम्रो आम्दानी हुन थालेछि सुबिनाले बारीमा व्यावसायिक खेती गर्न सुरु गरेको बताउनुभयो । ‘पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो । अहिले तरकारीबाट सोचेको भन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि दुईदेखि तीन जनासम्म मान्छे लगाएर व्यावसायिकरूपमा तरकारी लगाउने गर्छु ।’

    तरकारी फलाउनमा सुबिनाको श्रीमान्ले सहयोग गर्नुका साथै ज्याला मजदुरको काम पनि गर्नुहुन्छ । उहाँका एक छोरा र एक छोरी छन् । चार जनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ । अरुको काम गरेर ज्याला मजदुरीका रूपमा चिनिनुभन्दा सानै भए पनि आफ्नै व्यापार गरेर आत्मसन्तुष्टि भएको सुबिना बताउनुहुन्छ । ‘अहिले म निकै खुसी छु । अर्कैकामा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुुट्टै मज्जा छ, उहाँले भन्नुभयो, सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ ।

    नेपलागन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अग्र्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्राय: मर्निङ वाक गर्नेले तरकारी किनेर लैजाने गर्दछन् । बिहान सडक सुनसान हुने र १०:०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले पाँच–छदेखि १०:०० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताउनुभयो । विगत केही वर्षदेखि नेपालगन्जका सडक छेउमा गाउँघरका अग्र्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन् ।

    आइतबार, असार ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.