काठमाडौं । सरकारले रासायनिक मल कारखाना स्थापना गर्न तयारी थालेको छ । युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच बिहीबार समझदारी भएको छ।
Advertisement
समझदारीपत्रमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र जर्मन कम्पनी डिआग इन्डस्ट्रिज जीएमबीएचका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले आ–आफ्नो संस्थाको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गरे ।
समझदारी अनुसार जर्मन कम्पनीले २४ महिनाभित्र रिपोर्ट बुझाउनुपर्ने छ। जर्मन कम्पनीले गरेको प्रस्ताव अनुसार वार्षिक सात लाख टन मल उत्पादन गर्न सकिने प्रारम्भिक अनुमान छ।
जसका लागि ७१ करोड ४० लाख अमेरिकन डलर ९करिब ९३ अर्ब ५३ करोड रुपैयाँ० लागत लाग्ने अनुमान छ।