• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

ठ्याक्कै मेरो बलले प्रचण्डलाई मुख्यत: दुईओटा घटनामा बचाएकी छु : सीता दाहाल


  •   बिहिबार, असार २८, २०८० मा प्रकाशित
  • ० तपाईंहरूको पनि निकै छिटो विवाह भएको रहेछ । कसरी विवाह भएको थियो, मागीविवाह नै हो ?

    Advertisement

    – त्यो बेला गाउँघरमा छिट्टै विवाह गर्ने चलन थियो । विवाहभन्दा पहिला हाम्रो चिनाजानी थिएन । पहाडमा हाम्रो घर एकैठाउँमा जस्तो रहेछ । उहाँको कास्की ढिकुरपोखरी र मेरो हेङ्जामा घर थियो । हिँडेर जाँदा एक घण्टा लाग्छ होला । उहाँका र मेरा बुबाहरू एउटै सालमा पहाडबाट झर्नुभएको रहेछ । हाम्रो चितवनकै सुन्दरबस्ती गाउँ र उहाँको भीमसेननगर भन्ने ठाउँमा बसाइँ सर्नुभएको हो । त्यहाँ पनि हिँडेर आउनजान बिस मिनेट समय लाग्छ । हाम्रो केही नाता पनि पर्छ । मावलीपट्टि वा कताबाट अलिकति सम्बन्ध थियो तर पहिला नै हाम्रो चिनजान त थिएन । मलाई माग्न त धेरै ठाउँबाट आएका थिए तर मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो । विवाहको कुरा चलिसकेपछि कहिलेकाहीँ बाटोमा हाम्रो भेट हुन्थ्यो । मेरो केटा यही हो भन्ने हुन्थ्यो तर बोलचाल भने हुँदैनथ्यो । वास्तवमा हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।

    ० अध्यक्ष प्रचण्डको पारिवारिक भूमिका कस्तो रह्यो ?

    – हाम्रो बिहे हुँदा उहाँ पन्ध्र वर्षको हुनुहुन्थ्यो । बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केको जस्तो भयो । सानैमा विवाह भएकोले हामी साथी र दिदीभाइ जस्तो थियौँ । विवाह भएपछि थाहा भयो, उहाँले घरका भाइबहिनीलाई गर्ने व्यवहार राम्रो थियो । घरमा दिदीबहिनी र दाजुभाइमा त्यस्तो झगडा हुँदैनथ्यो । गाउँमा कतै कतै झगडा हुँदाखेरी काहिली आमाले उहाँलाई देखाएर भन्नुहुन्थ्यो– यसले झुटो बोल्दैन, झगडा मिलाइदिन्छ । छोराछोरीलाई दिने समय त दिनुभएन । मैले र उहाँ दुवैले दिन सकेनौँ भन्दा हुन्छ । राजनीतिमा लागेपछि त्यस्तै भयो ।

    ० छोराछोरीसँगको उहाँको व्यवहार कस्तो पाउनुभएको छ ?

    – उहाँले छोराछोरीलाई कहिल्यै नियन्त्रण गर्नुभएन । सामन्तले गर्ने जस्तो नियन्त्रण त हुने कुरै आएन । उनीहरूसँग पनि साथीभाइ जस्तै ठट्टामजाक नै गर्नुहुन्छ । छोराछोरी र बुबाको जस्तो दुरी छैन ।

    ० तपाईं कसरी राजनीतिमा लाग्नुभयो नि ?

    – उहाँले मलाई के बुझाउनुभएको थियो भने यो राजनीति भनेको यस्तो चिज हो, यसले पीडित महिलालाई अधिकार दिन्छ । कम्युनिस्ट समाजमा धनीगरिब हुँदैन । सबै बराबर हुन्छ । त्यसका लागि लड्नुपर्छ । यो कुरा बुझेपछि राजनीति भन्ने चिज ठिक रहेछ भन्ने कुराले भित्रसम्म गहिरो प्रभाव पर्‍यो ।

    ० हिजो उहाँलाई पन्ध्र वर्षको उमेरमा पाउँदा र अहिले देशको महŒवपूर्ण नेताको रूपमा पाउँदा कस्तो अनुभूति भइरहेको छ ?

    – बच्चादेखि नै सङ्गत भएकाले त्यस्तो ठुलो र अनौठो केही महसुस भएको छैन । एउटा श्रीमतीको भूमिका पनि खेलेँ । एउटा महिला भएको नाताले आमाले खेल्ने भूमिका पनि प्रशस्तै खेलेँ । बिहे हुँदा उहाँ दस कक्षामा पढ्दै हुनुहुन्थ्यो । त्यो बेलादेखि नै ‘यो गर्नुस्, त्यो नगर्नुस्’ भन्थेँ । एउटी आमाले बच्चालाई ‘तिमीले नुहाउनुपर्छ, नुहाऊ’ भने जस्तै पति भए पनि सुझाव दिने गर्दथेँ ।

    ० अध्यक्षको सबभन्दा राम्रो वा नराम्रो बानी के होला जस्तो ठान्नुभएको छ ?

    – नराम्रो नै भन्ने त त्यस्तो केही देखेको छैनँ तर पनि सामान्यतया त्यस्तो अवगुण हुँदै नहुने कुरा भएन । संसारमै नभएको चिज हामीसँग मात्रै हुने कुरा पनि होइन । कहिलेकाहीँ उहाँ अलि झट्ट रिसाउने जस्तो गर्नुहुन्छ । उहाँको राम्रो पक्षमा हेर्दा उहाँ एकदमै सरल हुनुहुन्छ । उहाँमा केटाकेटीदेखि वृद्धवृद्धासँगसम्म पनि मिल्न सक्ने गुण छ । मान्छेसँग प्रस्तुत हुँदा र छलफल गर्दा अति सहज र सरल नै हुनुहुन्छ । बुझ्ने गरी कुरा गर्नुहुन्छ ।

    ० अहिले कस्तो महसुस भइरहेको छ ?

    – अहिले खासै त्यस्तो फरक लाग्दैन । काम गरिएको थियो, त्यसकै फल मिलेको जस्तो लाग्छ । त्यो बेला देश र जनताका लागि गर्दै जानुपर्छ, गर्दै जाँदा भए होला, नभए पनि केही छैन भनेर लागियो । अहिले भने केही सन्तुष्टि मिलेको छ ।

    ० अध्यक्षलाई शारीरिक रूपमा केही समस्या भएको छ कि छैन । उहाँको स्वास्थ्य कस्तो छ ?

    – त्यस्तो त खासै केही छैन । उच्च रक्तचाप छ । जनयुद्धको बेला त्यस्तो केही समस्या थिएन । काठमाडौँ आएपछि त्यस्तो समस्या देखिएको हो । यहाँ आएपछि नियमित खान पाउनुभएको छैन । कहिले कहाँ, कहिले कता यस्तै भइरहन्छ ।

    ० पहिले त उहाँ पातलो हुनुहुन्थ्यो, अहिले मोटो हुनुहुन्छ त ?

    – उसबेला त दुब्लोपातलो नै हुनुहुन्थ्यो । बुढेसकाल लागेपछि मोटाउन थाल्नुभएको हो । उहाँको तौल त ठ्याक्कै थाहा छैन ।

    ० भनिन्छ, पार्टीमा अन्तरसङ्घर्ष हुँदा पार्टी फुट्नबाट जोगाउन तपाईंको पनि भूमिका रह्यो । यहाँले कस्तो भूमिका खेल्नुभएको थियो ?

    – मैले पार्टीमा एकता कायम हुनुपर्छ भनेर खेलेको भूमिका पार्टीबाहिर र भित्र दुवैतिर थाहा भइसकेको कुरा हो । त्यो बेला मैले आफूले कुनै पनि हालतमा पार्टी फुट्नुहुँदैन, एकता हुनैपर्छ भनेर अध्यक्ष र डा. बाबुराम भट्टराई दुवैलाई दबाब दिएकी थिएँ । चुनवाङ बैठकभन्दा अघिल्लो लाहावाङ बैठकमा म बिरामी थिएँ । म भारतमा उपचाररत थिएँ । पार्टीभित्र कच्याक्कुचुक् त पहिलादेखि नै भइरहेको थियो । त्यो बैठकमा धेरै नै विवाद भयो रे भनेपछि मलाई एकदम चिन्ता लाग्न थाल्यो । म नगएर गल्ती गरिछु भन्ने लाग्यो ।

    प्रचण्डजीले तुरुन्तै आउनुपर्‍यो भनेपछि गएँ । त्यहाँ गएपछि चिज गडबड भएको थाहा भयो । पासाङ र विप्लवहरूलाई थाहा छ, मैले ‘यसरी जानुहुँदैन, जसरी हुन्छ, पार्टी बचाएर लानुपर्छ’ भन्थेँ । पतिको नाताले अध्यक्षलाई त आफूले सकेको बुद्धि दिन्थे । पार्टी फुटेर गइहाल्यो भने पनि पार्टीभित्र झन् नराम्रो मान्छे आउँछ भन्ने ढङ्गले सम्झाउँथेँ अनि बाबुरामजीलाई पनि भन्थेँ : ‘माओवादीले गर्दा संसार पनि हल्लिएको छ तर तपाईंहरू झिनामसिना कुरामा अड्किएको जस्तो लाग्यो मलाई । तपाईंको पनि गल्ती छ । उहाँले पनि कमजोरी गर्नुभएको छ ।’

    म जे देख्छु, त्यही भन्छु भनेर अध्यक्ष र बाबुरामजीलाई कुरा राख्थेँ । चुनबाङमा केन्द्रीय कमिटी बैठकमा म पनि गएकी थिएँ । त्यो बेला मैले भनेकी थिएँ : ‘चिज बिग्रिएको छ, दुवै जनाले गल्ती गर्नुभएको छ । दुवैतिरबाट सच्चिएर पार्टी बचाएर लैजानुपर्छ । कुनै हालतमा पनि पार्टीलाई फुटाउन पाइँदैन ।’ मैले यसरी कुरा राखेँ : ‘यत्रो जनताको रगत बगिसकेको छ । तपाईंहरूको के हो यस्तो ताल ? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईंहरूलाई जनता र विदेशी मित्रहरूले पनि छाड्दैनन् ।’

    ० अहिलेसम्म जनयुद्धमा अध्यक्ष प्रचण्डलाई कसरी सहयोग पुर्‍याउनुभयो ?

    – मलाई लाग्छ, मैले उहाँलाई धेरै सहयोग गरेँ । जनयुद्ध सुरु हुनुभन्दा पहिला पनि घरपरिवार, छोराछोरी सब त्यागेर यो पार्टीमा जसरी लाग्दै आएँ र जनयुद्धमा पनि म उहाँ सँगसँगै छु । प्राय: एकाध दिन छुट्टिएँ हुँला । हरेक ठाउँमा मैले धेरै भूमिका खेलेको छु ।

    ० तपाईंले नै उहाँलाई सुरक्षित गराएका घटनाहरू उल्लेख गरिदिनुस न ?

    – त्यस्ता घटना त धेरै छन् । ठ्याक्कै मेरो बलले उहाँलाई बचाएका मुख्यत: दुईटा घटना छन् ।

    एकपटक सात वर्षअगाडि भारतमा अलकायदाको खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौँ । रेलको एउटा सिटमा हामी दुई जना सुतेर आएका थियौँ । एउटाको टाउको अर्कोको खुट्टा यता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इन्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो । उहाँले हाम्रो ठुलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याउनुभएको थियो ।

    मैले दिल्लीमा नै उहाँलाई भनेकी थिएँ : ‘अहिले किताब नलैजाऔँ । हाम्रो स्टाफ पछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उहाँले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उहाँले रेलमा ती सबै सामान सिरानीमा हालेर बस्नुभएको थियो ।

    इन्डियामा रहँदा दुनियाँ नाटक गरेर बस्नुपर्दथ्यो । म पनि प्राय: हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थे । माओवादी महिला जस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिला जस्तो भएर हिँड्थेँ । त्यो आफूलाई जोगाउन गरिन्थ्यो । रेलमा सबै मान्छेको चेक गरियो । म निद्रामा रहेछु । चेक गरेको थाहा पाएर म ब्युँझिएँ । यसो हेर्छु त पुलिसले सारा झोला र खल्ती चेक गरिराखेको छ, अरूलाई उठाइरहेको पनि छ । फेरि त्यही बेला उहाँले जुँगा पनि पाल्नुभएको थियो । दाह्री पनि लामो भइसकेको थियो । मुख्यत: मुसलमानले प्रायजसो दाह्री पाल्ने । त्यतिखेर दाह्रीजुँगा भएका मुसलमानकै खोजी भइरहेको थियो । त्यसपछि मलाई कस्तो भयो भने के गर्ने के नगर्ने ? उहाँ त तन्ना ओढेर सुतिरहनुभएको थियो । खुट्टाले झकझकाएर सङ्केत गरेँ : ‘तपाईं चुप लागेर सुत्नुहोस् ।’ त्यो सङ्केत पाएपछि उहाँले बुझ्नुभो । म गृहिणी महिला जस्तो यताउता गर्दै बसेँ । त्यसपछि सबैलाई चेक गर्दा पनि हामीलाई गरेन र बल्लतल्ल बचियो ।

    अर्को त्यस्तै घटनामा २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ भएको बेला थोरै संयोगले उहाँलाई बचाइएको छ । घटना दिल्लीकै हो । त्यहाँ हामी सँगै थियौँ । साथीहरूसँग कुरा गरेर डेरामा फर्किँदै गर्दा साँझ परिसकेको थियो । उहाँले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नुछ’ भन्नुभयो । मैले ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनेँ । दुई/तीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गर्नुभयो । मैले कराएको करायै गरेपछि फर्केर भित्र कोठामा आउनुभयो ।

    भोलिपल्ट बिहान ९ बजेको थियो होला । उहाँले ‘म जान्छु’ भन्न थाल्नुभयो । मलाई के लागेको थियो भने सुरेशजी त यताउता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुन सक्नु हुन्छ । त्यसैले पतिलाई सम्झाउने तरिकाले कुरा गरेँ । ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ’ भनेँ । त्यसपछि उहाँले स्टाफलाई फोन गरेर सुरेशजीकहाँ बुझ्न लगाउनुभो । पहिलोपटक जाँदा नभएको खबर लिएर साथी आउनुभएछ । दोस्रोपटक बादलजीको स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भनेछन्– ‘ती मान्छेहरूलाई त बेलुकै पुलिसले लगिसक्यो ।’

    त्यसरी यी दुईटा घटनामा म नजिकबाट सामेल भएको छु ।

    ० रोल्पाको डाँडागाउँमा पनि अध्यक्ष रौँरौँले बच्नुभएको रहेछ, होइन ?

    – रोल्पामा त जनतामाझ बस्ने गर्दथ्यौँ । त्यहाँ हामी बसेको घरमा बमबारी पनि गर्‍यो । त्यहाँ पनि मैले चेताउने काम अलि पहिलेदेखि नै गरेकी थिएँ । उहाँहरूलाई भन्थेँ : ‘अब हामी यहाँ नबसौँ । यहाँ बसेको लामो समय भइसक्यो । जनता सदरमुकाम आउँछन्–जान्छन् । त्यो भएपछि लिक हुन सक्छ, खतरा हुन सक्छ ।’

    बमबारी हुनुभन्दा पाँच दिनअगाडि पासाङलाई पनि भनेकी थिएँ : ‘अब यहाँ त बस्नुहुन्न है बाबु । त्यसपछि उहाँहरूले ‘ठिक हो’ भनेर सरेको दुई रात मात्र भएको थियो, बमबारी गरिहाल्यो ।

    ० जनयुद्धको बेला आफू पनि मरिन्छ कि भन्ने डर वा चिन्ता केही भएन ?

    – त्यस्तो भएन । मलाई के भयो कुन्नि, त्यस्तो डर लागेन तर पनि मान्छे भएपछि डरै नलाग्ने कुरा पनि भएन । बमबारी हुँदा वा दुस्मनको नजिक पर्दा मलाईभन्दा पनि उहाँलाई केही भइहाल्यो भने के होला ? देश र जनता आज यो ठाउँमा आइपुगेको छ । पार्टीभित्रको अन्तरद्वन्द्व पनि सबै बुझिएको छ । उहाँको अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उहाँलाई केही हुनुहुन्न भन्ने खालको बढी चिन्ता थियो ।

    (२०८० असार २६ गते बुधबार निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी सीता दाहालको जन्म २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट भएको थियो । २०२६ सालमा प्रचण्डसँग विवाह भएकी दाहाल दम्पत्तिका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ ।)

    सेतो पाटी डट कमबाट

    बिहिबार, असार २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    राज्यसत्ता
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.