• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रियसभामा राजेश विश्वकर्मा : कमीकमजोरीको आलोचना गर्दै बजेटलाई समर्थन गर्दछु


  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले कतिपय कमजोरीका आ.व. २०८०/८१ को बजेटलाई समर्थन गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रियसभाको २०८० असार २६ गते मङ्गलबारको बैठकमा बोल्दै उहाँले बजेटलाई समर्थन गर्नुभएको हो ।

    विनियोजन विधेयकमाथि धारणा राख्दै उहाँले प्रारम्भमा नै बजेट सन्तुलित प्रकारले नआएको दाबी गर्नुभयो । त्यस क्रममा उहाँले राष्ट्रिय आत्मर्भिर अर्थतन्त्रलाई प्रोत्साहन हुने गरी बजेट नआएको बताउनुभयो । उहाँले त्यस क्रममा उद्योगधन्दा र कृषिको सबलीकरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    मन्तव्यको क्रममा उहाँले भूमिहीन सुकुम्बासीका लागि राजस्व बढी भएको, पर्यटन विकासमा ध्यान नदिएको, विभिन्न जनवर्गका लागि बजेट नपुगेको, नेपाली कृषकका उत्पादनले मूल्य नपाएको विषय उठाउनुभयो ।

    यस्तो छ, उहाँको मन्तव्यको सम्पादित अंश :

    “समग्रमा बजेट सन्तुलित छैन, निराशाजनक छ । सत्तापक्षका माननीयहरूबाट पनि यसका कमिकमजोरी व्यक्त भएका छन् ।
    यो बजेटले विभाग, क्षेत्र, समुदाय र देशको तात्कालिक आवश्यकतालाई ध्यानमा राखेर आउनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

    देशलाई अर्थतन्त्र आत्मनिर्भर बनाउने गरी बजेट आउनुपर्दथ्यो, त्यो आउन सकेको छैन । आत्मनिर्भर विकासका लागि आधारभूत कुरा कृषि र उद्योग नै हो भन्ने लाग्छ मलाई । जबसम्म हामीले कृषि र उद्योगलाई सबलीकरण गर्न सक्दैनौँ† वैज्ञानिकीकरण गर्न सक्दैनौँ† त्यति बेलासम्म देश आत्मनिर्भर हुन सक्दैन† देश अगाडि बढ्न सक्दैन† समाज अगाडि बढ्न सक्दैन ।

    देशमा जुन बैदेसिक पुँजीको प्रभुत्व छ, त्यसलाई कम गर्ने गरी योजना आएको छैन । त्यस खालको बजेट ल्याइएको छैन । जबसम्म देशको उद्योगधन्दामा बैदसिक पुँजीको प्रभुत्व रहन्छ, त्यसले राष्ट्रिय पुँजीलाई विस्थापित गर्छ । जबसम्म हामीले राष्ट्रिय पुँजीलाई संरक्षण गरेर त्यसलाई सुनिश्चित गरेर अगाडि बढाउँदैनौँ, त्यति बेलासम्म हाम्रो उद्योगधन्दाको विकास हुने र त्यसको उन्नति, प्रगति हुने कुरा कल्पना मात्र हुन जान्छ । त्यसकारण अहिलेको बजेटले यस विषयमा ध्यान दिएको छैन ।

    नेपालको उद्योगधन्दालाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय पुँजीपतिलाई संरक्षण गरेर राष्ट्रिय पुँजीको वृद्धि र यसको स्केल बढाउनका लागि त्यस किसिमले बजेट आउनुपर्दथ्यो, त्यो आएको छैन ।

    देशमो मुख्य क्षेत्र कृषि हो तर कृषिलाई प्रोत्साहन गर्नका लागि किसानलाई सुविधा दिने कुरा, यहाँको उत्पादनलाई प्राथमिकता दिने कुरा र सरकारले विशेष नीति बनाएर कृषिलाई अघि बढाउन यस खालको बजेटिङ हुनुपर्दथ्यो भन्ने लाग्दछ तर त्यो भइरहेको छैन ।

    हामीले देखिरहेका छौँ, बजारमा नेपाली तरकारीले भाउ पाएका छैनन् । सडकमा गोलभेँडा फालिएका छन् । खेतमा काउली र बन्डागोभी फालिएका छन् तर इन्डियाको बजारबाट आउने सब्जी निर्वाध रूपमा बेचिएको छ । किन यस्तो भइरहेको छ ? नेपाली किसानले किन मूल्य पाउँदैनन् । यस्तो बेथितिलाई रोक्न सरकारले के कस्ता मेकानिजम बनाउनुपर्छ ? के सरकारले त्यतातिर ध्यान दिन जरुरी छैन ?

    यस्तो अवस्थामा कृषिलाई आधुनिकीकरण गरेर नेपाली किसानलाई प्रोत्साहन दिने र नेपालको उत्पादनलाई बढी प्रभुत्वता दिने किसिमले बजेटिङ हुनुपर्दथ्यो, त्यो भइरहेको छैन । यस्तो किसिमको स्थिति रह्यो भने देश अझै पछाडि पर्छ ।
    देशमा जुन सामन्ती प्रकारको कृषिप्रणाली छ, त्यसलाई परिवर्तन गर्न सरकारको तर्फबाट नयाँ किसिमले सोचिएको छैन ।

    त्यस्तै, जग्गा वितरणको कुरा छ । भूमिसुधारको कुरा पनि त्यसै बाँकी रहेका छन् । अर्काे, भूमि आयोगको कुरा छ । भूमि आयोगले केही सुकुम्बासीलाई नापी गरेर जग्गा दिने कुरा थियो, त्यसमा राजस्व अत्यधिक राखिएको छ । त्यो भूमिहीन किसानले तिर्नै सक्दैन । लालपुर्जा बनिसकेको कतिपय ठाउँमा किसानहरू लालपुर्जा लिन आऊ भन्दा पनि लिन सकिरहेका छैनन् । यसका पछाडि उनीहरूको मुख्य समस्या राजस्व बढी छ । यो राजस्व किसानले बहन गर्न सक्ने हिसाबले घटाउनुपर्छ ।

    पर्यटन उद्योगको कुरा पनि त्यस्तै छ । पर्यटनको क्षेत्रमा सरकारले बजेटिङ गर्दाखेरी परम्परागत पर्यटनमा मात्र ध्यान दिएको छ । उही सगरमाथा चढ्ने, अन्नपूर्ण चढ्ने, धौलागिरी चढ्ने—त्यति मात्रै पर्यटन होइन । ग्रामीण पर्यटन छ । गाउँ गाउँमा ग्रामीण पर्यटनलाई प्रोत्साहन दिएर गाउँलाई आधुनिकीकरण गर्ने, सुविधासम्पन्न गर्नेतिर सरकारले बजेटिङ गर्नुपर्दथ्यो । त्यतातिर सरकारको ध्यान जान सकिरहेको छैन ।

    सबैभन्दा दु:खको कुरा, पछाडि परेको दलित वर्गको हकमा कहिँ कतै बजेटले छोएको देखिँदैन । त्यस्तै, महिलाको हकमा, जनजाति उत्थान र प्रगतिको हक र अन्य विभिन्न तहतप्काको हकमा कहिँ कतै बजेटले सन्तुष्ट हुने किसिमले छोएको छैन । बजेटमा यस खालको निराशाका विषयहरू हटाऊँ ।

    बजेट यो सरकारको भविष्यसँग पनि जोडिएको छ । बजेट पास नभए यो सरकार पनि ढल्न सक्दछ । हामी कतिपय कमिकमजोरीको आलोचना गर्दै प्रतिगामी खतराको विरुद्ध यो सरकार कायम रहनुपर्ने पक्षमा छौँ । त्यसैले हामी यो बजेटलाई मैले समर्थन गर्दछु ।”

    मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.