काठमाडौं । सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ।
Advertisement
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ भने ५ जना महानगर प्रहरीलाई निलम्बन गरिएको छ ।
यसअघि ती कर्मचारीलाई विभागीय कारबाही गरिएकोमा जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको पाण्डेले जानकारी दिए।
केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएका थिए। सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछारपछारसमेत गर्ने गरेको भिडिओ सार्वजनिक भएका थिए।
कारबाहीपछि सबै नगर प्रहरीलाई महानगरले आचरणसम्बन्धी तालिम पनि दिन सुरु गरेको छ।