• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

साउन १ गतेदेखि सशस्त्र प्रहरीका युनिटमा प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध !


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले यही साउन १ गतेदेखि आफ्ना सबै युनिटमा प्लास्टिकजन्य पदार्थ निषेधित गर्ने भएको छ ।

    Advertisement

    सशस्त्रले आफ्नो सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य वस्तु निषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्य अनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरुमा सचेतना अभिबृद्धि गराई प्लाष्टिजन्य बस्तुको रिड्युस, रियुज र रिसाइकल गर्ने नीति लिएको जनाएको छ।

    सोही नीति अनुरुप आगामी साउन १ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने तथा केहीको प्रयोग क्रमशः कम गर्दै लगिने सशस्त्रले जनाएको छ ।

    मानवीय क्रियाकलापमा विशेष गरी हरितगृह ग्याँस उत्सर्जन र ननडिग्राडेबल प्लाष्टिकजन्य वस्तुको बढ्दो प्रयोग र अव्यवस्थित विसर्जनले गर्दा जलवायु परिवर्तनमा विश्वव्यापी प्रभावहरु देखा परिरहेको विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानले प्रमाणित गरेको तथा मौसम परिवर्तनमा अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, तापक्रम वृद्धि र हिमनदी, हिमताल तीव्र गतिमा पग्लिँदै गईरहेको सन्दर्भमा यस प्रकारको थालनी गरिएको हो।

    आगामी साउन १ गतेबाट सशस्त्र प्रहरी बल नेपालले आफ्ना युनिटहरुमा पोलिथिनका झोलाको प्रयोग, प्लाष्टिकबाट निर्मित फूल तथा गमला खरिद, डिसपोसेबल प्लास्टिकका सामानहरुको प्रयोग, मेश, बाथरुम र ट्वाईलेटमा समेत प्लाष्टिकका जग, मग, बाल्टी र बाटा लगायतका सामानहरु निषेध गर्ने निर्णय गरेको छ।

    यसका साथै सोही मितिबाट राशन स्टोरमा प्लाष्टिकको झोला तथा बोरा, कार्यालयमा प्लाष्टिकका पानी बोतलहरु, क्यान्टिनमा प्लाष्टिकमा प्याक गरिएका सामानहरु बेचबिखन कार्य र फोहोर बाल्ने कार्य समेत सशस्त्र प्रहरी बल नेपालको युनिटहरुमा क्रमशः कम गर्दै लगिनेछ।

    त्यस्तै, वातावरण संरक्षणका लागि सशस्त्र प्रहरी बल नेपालले खाद्यान्य भण्डारणको लागि प्लाष्टिक बाहेक टिन तथा काठको डिब्बा प्रयोग गर्ने, राशन सप्लायर्सलाई बिस्कुट तथा पाउरोटी लगायतका सामानहरु कागजको प्याकेटमा आपूर्ती गर्न अनुरोध गर्ने तथा फोहोरको वर्गीकरण गरी डस्टविनको व्यवस्था मिलाउने र सोही बमोजिम व्यवस्थापन गर्न स्थानीय तहहरुसँग समन्वय गरी काम गर्ने योजना बनाइएको एपीएफले जनाएको छ।

    साथै आफ्नो कार्यालयहरुमा पानीको लागि पुनः प्रयोग गर्न सकिने जारहरुको प्रयोग गर्ने, युनिटमा हुने कार्यक्रमहरुमा कागज वा पातले बनेका नष्ट गर्न सकिने सामान प्रयोग, मेशहरुमा स्टिल, सीसा वा तामाको जग, मगको प्रयोग गर्ने, मेश, ट्वाइलेट, बाथरुम लगायतमा सिल्भर तथा स्टिलको बाल्टी, बाटाहरुको प्रयोग गरिने भएको छ।

    यसका साथै युनिट परिसरमा भएका खाली जग्गाको उपयुक्त स्थानहरुमा मौसम र भुगोल सुहाउँदो अन्नबाली, तरकारी तथा फलफूल खेती, प्रयोगमा नआएको कुनै पनि जमिन बाँझो नराख्ने र वातावरण संरक्षण सम्बन्धी भएका कार्यहरुको स्तर सम्बन्धमा केन्द्रबाट निरीक्षण समेत गरिने भएको छ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.