• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बैदेसिक रोजगारीबाट फर्केका श्रमिकमार्फत् सुन तस्करी, १२ जना पक्राउ


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • काठमाडौँ । बैदेसिक रोजगारीमा गएका श्रमिकमार्फत सुन तस्करी गर्ने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    त्रिभुवन विमानस्थलबाट आइतबार र सोमबार दुई दिन उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

    सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेका गिरोहका १२ जनालाई सार्वजनिक गरेको छ ।

    गैरकानुनी रूपमा सङ्गठित भई भन्सारछली गरी कतारबाट सुन चोरी पैठारी गरी नेपाल ल्याई खरिदबिक्रीको कारोबार गर्ने व्यक्तिको बारेमा अनुसन्धान गर्दा यही असार २४ गते नेपाल वायु सेवा निगमको आरए२४० नं. को फ्लाइटबाट कतार हुँदै बिहान १०:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साना साना परिमाणमा सुनका गरगहना ल्याउँदै गरेका उनीहरूलाई अपराध अनुसन्धान कार्यालयबाट खटिई गएको टोलीले सुनसहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धनुषाको मिथिला विहार नगरपालिका ५ ललियाका २५ वर्षीय सुनिलकुमार महरा, सिरहा नगरपालिका १७ पटेरवाका २४ वर्षीय दिनेशकुमार यादव, कपिलवस्तुको सुद्धोधन गाउँपालिका ६ बाझखोरका २३ वर्षीय सन्तुगुलाम मुराउ, धनुषाको धनुषाधाम नगरपालिका ५ नौसयविघाका ३४ वर्षीय नरेश पंजियार, बाँकेको राप्ती सोनारी गाउँपालिका ४ बैदापुरका ३६ वर्षीय भुमबहादुर वली रहेका छन्।

    यसैगरी सप्तरी बलानबिहुल गाउँपालिका २ चनहीपथराहका २८ वर्षीय विनोदकुमार साह, विनोदकी पत्नी २५ वर्षीय सन्जुकुमारी साह, सप्तरीको बलानबिहुल गाउँपालिका ६ का २२ वर्षीय दुर्गाप्रसाद यादव, सप्तरीको वोदे वसाइन नगरपालिका १ का २८ वर्षीय देवानन्द साह, सिराहाको लहान नगरपालिका ४ कुमहालका शिवसुन्दर राउत, सिराहाको धनगढी नगरपालिका ३ हनुमाननगरका २३ वर्षीय मोहनकुमार यादव र सर्लाहीको फरहदवाका ५६ वर्षीय निमाइ साह रहेका छन्।

    प्रहरीका अनुसार कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा उनीहरूलाई सम्पर्क गरी नेपाल पुग्दा होटलमा खानबस्न फ्री, घर जाने बेलामा मेरो मान्छेले पाँच हजार रुपैयाँ दिन्छ । सोबापत् तिमीहरूले ५० ग्राम सुन बिलसहित लिएर जाऊ । उक्त सुन कानुनबमोजिम लैजान पाइन्छ, काठमाडौँको एयरपोर्टमा पुगेपछि मेरो मान्छेले रिसिभ गरेर होटलमा लैजान्छ । तिमीले उक्त सुन दिनू भनी विश्वस्त पारी उनीहरूले लगाएको लुगासहित फोटो खिँची काठमाडौँमा विनोद साहलाई ह्वाट्सएपमार्फत पठाई दैनिक १५–२० जनालाई ५०–५० ग्रामको दरले पठाउने गरेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

    सुन तस्करी गर्ने कार्यमा संलग्न रहेका विनोदकुमार साह र उनकी पत्नी रान्जुकुमारी साहले काठमाडौँको एयरपोर्टअगाडि होटल हिमालयन स्पायर नामको होटल सञ्चालन गरी काठमाडौँमा सुन सङ्कलन गरी बिक्री गरी रितेश जनरल स्टोरको खातामा रकम जम्मा गर्ने गरेको खुलेको छ ।

    उक्त तस्करबाट आर्जित रकम रेमिटमार्फत् शिवसुन्दर राउतमार्फत् कतारमा पठाउने गरेको प्रहरीले सूचना प्राप्त गरेको जनाएको छ । प्रहरीका अनुसार उनीहरूले कुल रु २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५४९ रुपैयाँको कारोबार गरेको देखिएको छ ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.