• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

एमालेले बोली फेर्दा स्थगित भयो आजको संसद् बैठक


  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । असार २४ गते आइतबार दिउँसो १ बजे हुने भनिएको संसद् बैठक स्थगित हुनुका पछाडिको कारण प्रमुख प्रतिपक्षी एमालेले बोली फेर्नु भएको देखिएको छ ।

    Advertisement

    नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार आइतबार बिहानको तीन दलका नेताहरूमाझको बैठकले दिउसो १ बजेदेखि संसद् सुचारु गर्ने निर्णय गरे पनि एमालेको उपर्युक्त रवैयाका कारण सदन स्थगित भएको हो ।

    ‘प्रधानमन्त्रीले जवाफ दिने र संसद् खुलाउने सहमति भएको थियो’ उहाँले भन्नुभयो– ‘सदनमा आएपछि जवाफ सुन्ने र चित्त नबुझे अवरुद्ध हुन्छ भन्ने कुरा आयो । त्यसलाई हामीले एमालेले कुरा फेरेको रूपमा बुझ्यौँ र आजको बैठक बस्न सकेन ।’

    प्रमुख सचेतक लेखकका अनुसार संसद् भवनमा पुगेपछि मात्रै एमालेले बोली फेरेको जानकारी आएको बताउनुभयो ।

    त्यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पनि एमालेका नेताहरूले ‘संसद्को अवरोध हटाउने सहमति भएको छैन है’ भन्ने सन्देश पठाएको दाबी गर्नुभयो ।

    यी सबै घटनाक्रम माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारिएको थियो ।

    एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको’ बताएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ ।

    सहमतिको प्रयासमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको थियो ।

    सिंहदरबारमा भएको छलफलपछि काङ्ग्रेस र माओवादी नेताहरूले एमाले राजीनामाको मागबाट पछि हटेको र प्रधानमन्त्रीले जवाफ दिएपछि संसद्को अवरोध हट्ने जानकारी दिएका थिए ।

    यता, एमाले नेताहरूले भने प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र चित्तबुझ्दो जवाफ नआए फेरि संसद् अवरुद्ध हुन सक्ने बताउन थालेका थिए ।

    यही विवादका माझ आजको संसद् बैठक बस्न सकेन र सूचना टाँसेर भोलि असार २५ गते सोमबारका लागि बैठक सारिएको संसद्मा महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

    यता, प्रमुख प्रतिपक्षी एमालेका सचिव योगेश भट्टराईले भने प्रधानमन्त्रीको जवाफ सुन्न संसद् पुगेका बेला प्रधानमन्त्रीकै आग्रहमा बैठक भोलिलाई सारिएको दाबी गर्नुभयो ।

    उनले ट्विमार्फत् भन्नुभएको छ : ‘जवाफ तयार गर्नुअघि कतै सोध्नुपर्ने हो कि ? किन सारिएछ कुन्नि ?’

    आइतबार, असार २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.