खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अलपत्र महिला र दुई बालबालिकाको उद्धार गरेको छ ।
समाजको हिमाचल राज्य समितिअन्तर्गत पर्ने रिकाङपिओ नगर समितिले अलपत्र अवस्थामा रहेका एक महिला र दुई बालबालिकालाई उद्धार गर नेपाल पठाएको हो ।

पीडित टीकालक्ष्मी बोहराकी पति जसु बोहोराले केही दिन पहिला उनीहरूलाई हिमाचलमा छाडेर फरार भएका थिए । उनले सहयोगका लागि अपिल गरेपछि मूल प्रवाह नेपाली एकता समाज रिकाङपिओ नगरले चन्दा सङ्कलन गरी भारु १८,४३० (नेरु २९,४८८) नगद र केही लत्ताकपडासमेतको व्यवस्था गरेको थियो ।
पीडित महिला र बालबालिकाहरू मुगु जिल्लाको छायानाथ गाउँपालिका निवासी रहेको थाहा लागेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका नेता मिथुन सिंहले बताउनुभयो ।