• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ओलीको दाबी : प्रचण्डले भारतमा ‘रअ’ का प्रमुखसँग गोप्य भेट गरे


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘रअ’का प्रमुखलाई गोप्य रुपमा भेटेर निमन्त्रण दिएको दाबी गरेका छन्।

    Advertisement

    शुक्रबार स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूले सार्वजनिक रुपमा भेटेपनि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा निवासमै पुगेर भेट गरेको बताएका हुन्। साथै, उनले उक्त भेटबारे स्वीकार समेत गर्न नसकेको बताए।

    ‘भारतबाट ‘रअ’का प्रमुख नेपाल आए, म सँग भेट्छु भने। नेपाल आए। भेट्छु भन्दा मैले भेटेँ। त्यो कुरा कुनै लुकाएको छैन, मैले सार्वजनिक ढंगले भेटेँ। सार्वजनिक ढंगले फिर्ता गरेँ,’ ओलीले सम्बोधनका क्रममा भने, ‘यसपल्ट प्रचण्डजी दिल्ली जानुभयो उनको निवासमा पुगेर गोप्य निमन्त्रण दिएर आउनुभयो। मैले त्यस्तो गोप्य निमन्त्रणा गरेको होइन, उनको निवासमा गएर भेटेको होइन। मैले भेट्न आएको ठाउँमा भेटेको हो।’

    फरक प्रशंगमा ओलीले प्रितम सिंह दिल्ली नगएको स्पष्ट पार्दै प्रधानमन्त्रीले झुटो बोलेको बताए। उनले प्रधानमन्त्रीले जबर्जस्ती प्रितम सिंहलाई विवादमा मुछेको आरोप पनि लगाए।

    यही सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह नामका व्यक्ति पटक पटक दिल्ली धाएको बताएपछि उत्पन्न विवादले प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएका छन्।

    राजीनामाको मागबाट पछि हटेन एमाले
    प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले अवरोध गरेको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्न सकेन।

    शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडान नछाडेपछि बैठक बस्दै नबसी स्थगित भएको हो।

    कार्यव्यवस्था बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे संसद्‍मा जवाफ दिने र संसद्‍ खोल्ने बताए पनि एमालेले नमानेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।

    बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र नागरिक उन्मुक्तिका प्रमुख सचेतक अरुणकुमार चौधरीले प्रधानमन्त्रीले जवाफ दिने भनिसकेपछि संसद्को अवरोध हटाउनुपर्ने कुरा राखेका थिए।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले अवरुद्ध संसद् खुलाउन सत्ता पक्ष र प्रतिपक्षबीचको सहमति खोजेका थिए।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.