• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दाङमा पहुँचवालाले मल स्टक राखेकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा दाङले पहुँचवालाले मल स्टक राखेकोमा आपत्ति जनाएको छ ।

    Advertisement

    सरकारले मलको पर्याप्त स्टक रहेको बताइरहेकै बेला किसानमा भने मलको अभाव देखिएको तर पहुँचवालासँग भने हिउँदे खेतीका लागि समेत मलको स्टक पुगिसकेको भन्दै राजमोले आपत्ति जनाएको हो ।

    जिल्ला अध्यक्ष गणेश आचार्यको हस्ताक्षरमा २०८० असार १९ गते जारी प्रेसविज्ञप्तिमा यस्तो धारणा व्यक्त गरिएको छ ।

    मलका लागि सहकारीमाथि दोष थुपार्ने तथा सहकारीले मलको बहानामा जबर्जस्ती सेयर सदस्य बढाएकोमा आपत्ति प्रकट गर्दै राजमो दाङले मलको सहज आपूर्तिका लागि सरकारसँग माग गरेको छ ।

    “खेतीकिसानीको यो बेलामा रासायनिक मलमा देखिएको अव्यवस्थाले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा किसानको हितको पक्षमा बारम्बार मुद्दा उठाउँदै आएको छ । अहिले मलको जुन समस्या देखिएको छ, यो विषयले हाम्रो ध्यान खिचेकाले यो प्रेसविज्ञप्तिमार्फत् सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहान्छौँ ।

    सरकार मल पर्याप्त रहेको र मलको समस्या नरहेको कुरा बारम्बार बताइरहेको छ तर वास्तविक साना किसानलाई मलको ठुलो समस्या देखिएको छ । स्थानीय सरकारको जिम्मेवार पद र नेतृत्वमा भएकाहरूसमेतबाट पहुँचवालाले मात्र मल पाउने गरेको र उनीहरूले हिउँदे खेतीको लागि समेत मल स्टक गरेको कुरा आइराखेको छ । को हुन् ती पहुँचवाला ? खेतिकिसानी गर्नेहरू नै मलको पहुँचवाला हुनुपर्ने होइन र ? यस्तै कुराले नै गणतन्त्रको उपहास गरिराखेको छ । यो कुरा राष्ट्रिय जनमोर्चाका लागि स्वीकार्य हुँदैन र हामीले कडा शब्दमा यसको निन्दा गर्न चाहान्छौँ ।

    सहकारीलाई दोष थोपरेर सरकार पन्छने गरेको छ । जनताको घर घरमै पुग्ने नाटक मञ्चन गरेर तीन तहको सरकार बनेको होइन र ? अनि, अहिले त्यहीँ मल पुर्‍याउनका लागि सहकारी गुहार्नुपर्ने किन ? के सहकारी सरकारकै अङ्ग हो ? सबै नागरिक सहकारीमा जोडिनैपर्ने हो ? यही मौकामा सहकारी सञ्चालकहरू जबर्जस्ती सहकारीको सेयर सदस्य थपेका छन् । सरकारको योभन्दा निरीहता केही हुन सक्दैन । हामीलाई यो कुराले गम्भीर ध्यानाकर्षण गराएको छ । हामीले यस्ता कार्यको निन्दा गर्दछौँ र सरोकारवालाको ध्यानाकर्षण गराउन चाहान्छौँ ।

    जति नै मलको समस्या नरहेको कुरा सरकारले बारम्बार गरे पनि अहिले पनि मलको सहज आपूर्ति भइराखेको छैन । तत्काल सहज आपूर्ति र आम किसानले सहज वातावरणमा मल पाउने व्यवस्थापन मिलाउन सरकार र सम्बन्धित सरोकारवालासित जोडदार माग गर्दछौँ ।”

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.