काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ धनाढ्य ज्याक मा चितवनको मेघौली जाने कार्यक्रम छ ।
Advertisement
अलिबाबाका संस्थापक ज्याक मा ३ दिन नेपाल बस्दा काठमाडौंको द्वारिकाज होटल र चितवनको मेघौली रिसोर्टमा जाने कार्यक्रम रहेको बताइएको छ।
विशेष विमान चार्टड गरेर मंगलबार उनी नेपाल आएका हुन् । हङकङको जेट एभिएसन बिजनेस जेटको चार्टर्ड जहाजमा ज्याक मा सहित ७ जना नेपाल आएको अध्यागनम विभागले जनाएको छ।
ज्याक मा बिहीबार पाकिस्तान जाने कार्यक्रम रहेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका हुन्।
नागरिक उड्ययन प्राधिकरणका अनुसार उनी बिहीबार काठमाडौंबाट विशेष जहाजबाट पाकिस्तानको लाहोरस्थित अल्लाम इक्बाल एयरपोर्टतर्फ जाने कार्यक्रम छ।