तौलिहवा । कपिलवस्तुमा नेपाल पत्रकार महासङ्घको एउटा पक्षले पदाधिकारीलाई नै बाइपास गर्दै शुद्धीकरण सिफारिस गरेको छ ।
Advertisement
महासङ्घ कपिलवस्तुका उपाध्यक्षद्वय, कोषाध्यक्ष र सदस्यहरूलाई जानकारी नगराई कथित बहुमतको नाममा महासङ्घका नयाँ सदस्य सिफारिस गरिएपछि शुद्धीकरण विवादित बनेको हो ।
प्रगतिशील पत्रकार सङ्घ कपिलवस्तुका अध्यक्ष मोहन बेलबासेले २०८० असार ११ गते सोमबार प्रेसविज्ञप्ति जारी गर्दै महासङ्घको यस खालको बेथितिको खुलासा गर्नुभयो ।
उहाँले जारी गर्नुभएको विज्ञप्तिमा यस्ता चरित्रहीन तथा अवाञ्छित गतिविधिले महासङ्घलाई आगामी दिनमा कमजोर बनाउँदै अधिनायकवादी दिशाउन्मुख गराउने बताइएको छ ।
प्रपस कपिलवस्तुले निष्पक्ष, पारदर्शी र सर्वमान्य शुद्धीकरणमा जोड दिएको छ ।
