राम गैरे पाल्पाली
Advertisement
अरू कुरा छोड मजदुरको कुरा गर्नुछ
उठौँ वर्गसङ्घर्षको बलमा भर पर्नुछ
ढुङ्गेयुगदेखि आजसम्मकै इतिहास
साक्षी राख्दै मानव सभ्यताको ज्ञान छर्नुछ
उत्पादनमा श्रमिककै ठुलो भूमिका हुन्छ
त्यसैले अबको समय बौद्धिक युद्ध लड्नुछ
सङ्गठन बाहिर हँुदा श्रमिक फिका हुन्छ
एकताकै बलमा विशाल समुद्र तर्नुछ