काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरीमा चढाएको सुन आधा केजी कम पाइएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तौल गर्दा सुन आधा केजी कम भेटिएको हो ।
अख्तियारले पशुपति क्षेत्र विकास कोष, नेपाली सेना, सुन चाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा सोमबार बिहान २ बजे गरिएको नापतौलमा १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काटीमा १.०३७५ केजी सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जलहरीमा प्रयोग भएको सुन मध्ये १०७.९५३ केजि २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरि २२ क्यारेटको १०८ केजि जलहरीमा प्रयोग भएको थियो ।
तर जर्ती तथा दिनहुुँ दही तथा जलले नुहाइदिँदा झण्डै आधाकेजी सुन तलमाथि भएको भेटिएको कोषले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो। उक्त जलहरीलाई लिएर संसदमा विवाद भएको थियो। सो बारेमा विवाद बढेपछि पशुपतिमा अख्तियार पसेको थियो।