• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

“ताइवान स्वतन्त्रताको पक्षमा अमेरिका छैन”


  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
  • बेइजिङ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ताइवानको स्वतन्त्रतालाई अमेरिकाले समर्थन नगर्ने बताएका छन् ।

    Advertisement

    ताइवानबारे पहिलोपल्ट अमेरिकाले यस्तो धारणा दिएको हो ।

    यसअघिसम्म चीनबाट ताइवान स्वतन्त्र हुनुपर्ने अमेरिकी मान्यता थियो ।

    बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री ब्लिङ्केनले भनेका छन्– ‘अमेरिकाले ताइवानको स्वतन्त्रतालाई सहयोग गर्दैन ।’

    सँगसँगै उनले ताइवानलक्षित उत्तेजित चिनियाँ गतिविधि पनि स्वीकार्य नहुने बताएका छन् । ब्लिङ्केनले ताइवान सङ्कटमा परेमा आर्थिक सङ्कटको स्थिति आउने र सिङ्गो विश्वलाई असर पर्ने पनि बताएका छन् ।

    यता, अमेरिकाले ताइवानमाथि बेइजिङको दाबीलाई पनि समर्थन गरेको छैन तर ताइवानलाई छुट्टै स्वतन्त्र राज्य पनि स्वीकार नगर्ने नीति लिँदै आएको छ ।

    चीनको विकासले अमेरिकालाई पनि फाइदा
    ब्लिङ्केनले आर्थिक क्षेत्रमा चीनलाई रोक्ने प्रयास अमेरिकाले नगर्ने बताएका छन् । चीनले बृहत् रूपमा आर्थिक सफलता हात पार्दा अमेरिकालाई पनि फाइदा पुग्ने भएकाले त्यसलाई रोक्ने चाहना नरहेको ब्लिङ्केनको भनाइ छ ।

    ‘हाम्रो राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै प्रविधिका क्षेत्रमा केही प्रतिबन्ध लगाए पनि चीनलाई आर्थिक क्षेत्रमा अप्ठेरो पार्ने अमेरिकी नीति छैन । चीनले प्रगति गर्दा हामीलाई समेत फाइदा पुग्नेमा अमेरिका सचेत छ’ उनले भने ।

    राष्ट्रपति सी र समकक्षी क्विन गाङसँग लामो छलफल गरेका ब्लिङ्केनले दुई मुलुकको सम्बन्धमा आएको चिसोपना सुधारका लागि दुवै पक्ष सकारात्मक रहेको ब्लिङ्केनले बताएका छन् ।

    ‘हामी दुवै चिसिएको सम्बन्ध सुधार गर्दै स्थिर कूटनीतिक सम्बन्ध स्थापनाका लागि तयार भएका छौँ’ पत्रकार सम्मेलनमा ब्लिङ्केनले भनेका छन् ।

    त्यस्तै चीनका पूर्व विदेशमन्त्री तथा उच्च तहका कूटनीतिज्ञ वाङ यीले पनि सम्बन्ध सुधारका लागि अमेरिकाले द्वन्द्व निम्त्याउने काम बन्द गर्नुपर्ने बताएका छन् ।

    ‘सहकार्यको प्रस्ताव गरेर संवाद बन्द गर्ने र द्वन्द्व बढाउने अमेरिकी नीति नै स्थिर सम्बन्धको बाधक हो । अमेरिकाले सहकार्य र द्वन्द्वमध्ये एक रोजेर आउनुपर्छ’ ब्लिङ्केनसँग राखेको भनाइ उद्धृत गर्दै सी.सी.टी.भी. ले लेखेको छ ।

    चीनले रुसलाई हतियार नदिने
    वार्तापछि चीनले अब रुसलाई हतियार सहयोग नगर्नेमा आफू ढुक्क रहेको उनले बताए ।

    ‘अमेरिकाले रुसलाई हतियार नदिने प्रतिबद्धता वार्तामा बारम्बार खोजेको थियो । चीनले त्यसमा सहमति जनायो । यो निकै नै महत्त्वपूर्ण प्रतिबद्धता हो । अबउप्रान्त चीनले रुसलाई हतियार सहयोग गर्ने छैन’ उनले भने । (एजेन्सी)

    मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.