काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भगएको छ। स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप दुर्घटना भएको हो ।
Advertisement
गाडीमा लमही नगरपालिका–५ का तारा कुमालबाहेक अरुको सनाखत हुन सकेको छैन।
प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो। जीप पूरै क्षतिग्रस्त भएको छ।
दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो। तर ती सबैको ज्यान गएको हो।