• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रोल्पामा राष्ट्रिय जनमोर्चाको चौथो सम्मेलन सम्पन्न


  •   आइतबार, जेठ २८, २०८० मा प्रकाशित
  • लिबाङ । राष्ट्रिय जनमोर्चा रोल्पाको चौथो सम्मेलन अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

    Advertisement

    सदरमुकाम लिबाङबजारमा २०८० जेठ २७ र २८ गते सो सम्मेलन सम्पन्न भएको हो ।

    जुलुस प्रदर्शन
    सम्मेलनको उद्घाटन कार्यक्रमपूर्व जुलुस प्रदर्शन गरिएको थियो । अध्यक्ष चित्रबहादुर केसीका साथै जिल्ला नेतृत्व र कार्यकर्ताहरू समावेश भएको उक्त जुलुसले बजार परिक्रमा गरेपछि सभामा परिणत भएको थियो ।

    जुलुसमा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयता, भ्रष्टाचार, महङ्गी, कुशासनलगायतको विरोधमा जोसिला नारा लगाइएको थियो ।

    अमेरिकी हस्तक्षेप बढ्यो : केसी
    सम्मेलनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर गएकाले राष्ट्रियतामाथिको खतरा अझै बढेको बताउनुभयो ।

    कथित राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी साम्राज्यवादको इसारामा बनेको बताउँदै उहाँले आगामी दिनमा भारतका साथै अमेरिकी हस्तक्षेपका विरुद्ध लड्न नेपाली जनता तयार हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    रोल्पा जिल्ला नेपाली कम्युनिस्ट आन्दोलनको उर्वर भूमि भएको बताउँदै उहाँले विभिन्न भड्कावका विरुद्ध पनि रोल्पाले दृढतापूर्वक सङ्घर्ष अगाडि बढाउने गरेको जानकारी धारणा राख्नुभयो ।

    आफूहरू सबै खाले भड्कावको विरुद्धमा लडेको उल्लेख गर्दै उहाँले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पक्षमा उभिन सम्पूर्ण रोल्पाबासी जनतासित आग्रह गर्नुभयो ।

    सम्मेलनलाई शुभकामना
    सम्मेलनलाई मन्तव्यमार्फत् अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशिनाथ पोखरेल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य भानु जिसी, रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष अनन्तराज आचार्य, राजमो प्रदेश सल्लाहकारहरू हस्तमणि पुन र इमानसिंह खड्का, अखिल (छैठौं) की केन्द्रीय सदस्य खगेन्द्र विष्ट र अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य दुर्गाप्रसाद रोकाले शुभकामना दिनुभएको थियो ।

    त्यसैगरी, नेपाली काङ्ग्रेसका पूर्व सभासद लेखनाथ आचार्य, नेकपा (एमाले) का जिल्ला सदस्य प्रदीपप्रसाद घर्ती, नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिव फपिन्द्र आचार्य र विप्लव नेकपामा जिल्ला सदस्य लालबहादुर सिंहले पनि जिल्ला सम्मेलनलाई शुभकामना दिनुभएको थियो ।

    एवम् प्रकारले सम्मेलनलाई युवक सङ्घका कृष्णराज ओली, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला अध्यक्ष केबी थापा, महिला सङ्घकी जिल्ला अध्यक्ष शुष्कता सिंह, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष टङ्क पुन, जातीय समता समाजका जिल्ला अध्यष, छवि विक, बाल सङ्गठनका विकास विष्टलगायतले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    उद्घाटन शत्रको अध्यक्षता मेघनाथ विष्टले, सञ्चालन डम्मर खड्काले, स्वागत मन्तव्य अनराम पुनले तथा गीतमार्फत् स्वागत रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गर्नुभएको थियो ।

    दोस्रो दिन जेठ २८ गते बन्दशत्र सम्पन्न भएको थियो । बन्दशत्रमा निवर्तमान जिल्ला अध्यक्ष मेघनाथ विष्टले साङ्गठनिक प्रतिवेदन, जिल्ला कोषाध्यक्ष तिलक केसीले आर्थिक प्रतिवेदन र सचिव डम्मर खड्काले १२ बुँदे विशेष प्रस्ताव प्रस्तुत गर्नुभएपछि हाउसले व्यापक छलफलपश्चात् पारित गरेको थियो ।

    अध्यक्षमा पुन: मेघनाथ विष्ट
    सम्मेलनले मेघनाथ विष्ट अध्यक्ष रहनुभएको १५ पूर्र्ण, दुई वैकल्पिक र पाँच सल्लाहकारसहितको राजमो चौथो जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा धनप्रसाद बुढा (थबाङ), सचिवमा डम्मर खड्का (बुढागाउँ), सहसचिवमा दिलमाया खड्का (नुवागाउँ) र कोषाध्यक्षमा तिलक केसी (लिबाङ) रहनुभएको छ ।

    त्यसैगरी, सदस्यहरूमा बुद्धबहादुर राउत (घोडागाउँ), निमकुमार मल्ल (खुङ्ग्री), केबी थापा (इरिबाङ), कृष्णराज ओली (मिझिङ), छवि विक (पाङ), शान्ति पुन (पाङ), भिके टमटा (अरेस), धनबहादुर डाँगी (जेडबाङ), सर्वजित विक (झेनाम) र राजेन्द्र घर्ती (थबाङ) रहनुभएको छ ।

    एवम् प्रकारले सम्मेलनले वैकल्पिक सदस्यहरूमा तोपबहादुर पुन (झेनाम) र कमला विष्ट (मिझिङ) लाई तथा सल्लाहकारहरूमा जितेन्द्र सिंह (खुङ्ग्री), अनराम पुन (पाङ), दुर्गाप्रसाद तिरुवा (सखी), खिमलाल विष्ट (बडाचौर) र भिके पुन (झेनाम) लाई चयन गरेको छ ।

    सम्मेलनमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोसिला गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    आइतबार, जेठ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.