पोखरा । राष्ट्रिय जनमोर्चा कास्कीले नागरिकता विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।
Advertisement
शुक्रबार पृथ्वीचोकमा कोणसभा गरी विधेयक खारेजीको माग गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश अधयक्ष शंकर बरालले नेपालमाथ जनसांख्यिक आक्रमण गर्ने भारतीय रणनीति अनुसार नागरिकता विधेयक ल्याइएको बताउनुभयो । यो ऐन कार्यान्वयनमा जाँदा भविष्यमा नेपाली नै नेपालमा अल्पमतमा पर्ने अवस्था आउने उहाँको भनाई थियो ।
राजमो जिल्ला अध्यक्ष रविमोहन ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संघका महासचिव सन्तोष पौडेल, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी र अखिल नेपाल महिला संघका जिल्ला सचिव लक्ष्मी कुँवरले पनि सम्बोधन गर्नुभएको थियो ।