जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।
Advertisement
भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा। साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।
साह नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए। डा। साहलाई मधेश प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो।