• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नयाँ पुस्तामा छैन छुवाछुतको भेदभाव


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • नारायण विक,गल्याङ ।
    दलित समुदायमाथि जातका आधारमा गरिने छुवाछुत तथा भेदभाव स्याङ्जामा न्यून हुँदै गएको दलित समुदायले महसुस गर्न थालेका छन् ।

    Advertisement

    गल्याङ नगरपालिका–६ का मनिसा सेञ्चुरीले वृद्धहरुमा अझै पनि छुवाछुतको मानसिकता रहे पनि नयाँ पुस्ताका गैरदलितले छुवाछुत र विभेद नगर्ने बताउनुभयो । धारोमा पानी भर्दा, मेलापात तथा भोजभतेर र मन्दिरमा हुने भेदभाव हट्दै जान थालेको उहाँको अनुभव छ ।

    मानिसहरु शिक्षित बन्नु, यससम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, समाजमा चेतनाको विकासलगायतले जातिय छुवाछुत तथा भेदभाव कम भएको उहाँको अनुभव छ । यद्यपि समाजका सबै उमेर समूहमा भने सोही अनुसारको चेतना फैलाउन नसकिएको उहाँले बताउनुभयो ।

    पुराना पुस्ताबाट धर्म तथा संस्कारका नाममा दलितलगायतका जातसँग पानी बार्ने, उनीहरुलाई मन्दिर प्रवेशमा रोक लगाउने र सम्बन्ध नगाँस्ने व्यवहार भए पनि अहिले त्यो न्यून हुँदै गएको छ ।

    पछिल्लो समय दलित र गैरदलित भोजभतेरमा सँगै बसेर खान थालेका छन् । निश्चित जात मात्र पस्न र पूजा गर्न पाउने भनिएका मन्दिर सबैका लागि खुला गरिएको छ । जातियरुपमा गरिने विभेदजन्य कार्यले कानूनीरुपमा दण्डित हुनुपर्ने भएकाले पनि सार्वजनिक रुपमा छुवाछुत न्यून हुँदै गएको धेरैको बुझाइ छ ।

    गल्याङ नगरपालिका–११, गल्कोटका युवा उदयराज भण्डारीले आजका दिनमा सबै प्रकारका भेदभाव निन्दनीय भएको बताउनुभयो । उहाँले जातका आधारमा हुने छुवाछुत तथा भेदभाव हटाउन विभिन्न सङ्घ संस्थासँगको सहकार्यक्रम अभियान चलाइएको समेत जानकारी दिनुभयो । जातिय छुवाछुतविरुद्धको अभियान सञ्चालन गर्दा आफूहरुलाई पुराना पुस्ताबाट सामाजिक बहिस्कारको चेतावनी समेत आउने गरेको गुनासो पोख्नुभयो । यद्यपि समाजलाई पूर्णरुपमा परिवर्तन गर्न भने केही समय लाग्ने र आफूहरु सोही बाटोमा अग्रसर भएको उहाँको भनाइ छ ।

    गल्याङ नगरपालिका–४, का नारायण न्यौपानेले नयाँ पुस्तामा यसप्रकारको विभेदको मानसिकता हराउँदै गएको बताउनुभयो । गल्याङ नगरपालिका–४, कै मञ्जु मगरले पनि पनि खानेपानीका धारा, मन्दिरलगायतका स्थानमा गरिने विभेद हराउँदै गएको अनुभव सुनाउनुभयो ।

    दलित अधिकारकर्मी पूर्णिमा परियारले दलित एक्लैको प्रयासले जातिय छुवाछुत तथा भेदभाव निर्मूल नहुने भन्दै सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायसँग नागरिकलाई संविधान र कानुनका बारेमा अवगत गराउन सचेतनामुलक कार्यक्रम सञ्चालन गरिदिन आग्रह गर्नुभयो ।रासस

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.