काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि बिचबाटै फर्किइको छ ।
Advertisement
मंगलबार बिहान धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो।
उक्त जहाज काठमाडौंमा सुरक्षित अवतरण गरेको छ ।