राम गैरे पाल्पाली##
मृत्यु हजार चोटी स्वीकार गर राष्ट्रघात होइन ।
उज्यालो आउँछ यो सधैँको अँध्यारो रात होइन ।१।
Advertisement
ऐक्यबद्धता मित्रताको यथार्थ सम्मान गरेको हुन्छ ।
राष्ट्रियतामाथि हेरफेर गर्ने नेपाली जात होइन ।२।
आऊ हातेमालो गरौँ मानवजातिको हितमा हुन्छ ।
रोटिबेटीको सम्बन्ध हो विवादको खात होइन ।३।
राष्ट्र र राष्ट्रियताको सवाल हो नेताज्यू हाम्रो ।
कपिलवस्तु देशको मुटु हो तिम्रो हात होइन ।४।