रवि पौडेल
तिमी त अर्कैको गोठालो भयौ
राज्ययन्त्रमा नि घोटाला गर्यौ
प्रभुले जे भन्छ उहीँ मान्छौ
यस्तै हो भने देशै खान्छौ
विश्वास दिएर जनताले पठाए
तिमीले जनताको घाँटी अठ्यायौ
सुरुङयुद्ध गर्ने ढोँगी किन लम्पसार पर्छौ ?
हजारौँ सहिद परिवारको आँसु झार्छौ
धर्म अफिम भन्दै जनै काट्यौ
अहिले मन्दिरमा पूजा आँट्यौ
भैँसी पुज्छौ कहिले माला चढाउछौ
नेपाली जनतालाई कति चिडाउछौ ?
विस्तारवादको विरोध गथ्र्यौँ
अहिले राष्ट्रघाती सम्झौता गर्छौ
सत्ता टिकाउन प्रभुलाई ढोग्छौ
राष्टघाती काममा सही ठोक्छौ
विश्वासघाती बेइमानी भयौ
पहिलो भ्रमण भारतमै गयौ
जतिपटक आउँछौ भेटी चढाउछौ
नेपाली जनतालाई ज्युँदै सडाउछौ
अति नगर है खति हुन्छ
चारैतिर आलोचना हुन्छ
सरकार सञ्चालनमा लायक भएनौ
क्रान्तिकारी कुरा बेकार बनायौ
कथित जनयुद्ध बेकार नै भयो
गणतन्त्र नै धरापमा पर्ने भयो
खबरदार ! सत्ताधारी
लम्पसार भ्रष्टाचारी
राष्टघात गर्न पाइँदैन
राष्ट्रघाती नेता चाहिँदैन