इटहरी । अखिल नेपाल किसान महासंघ (अप्फा) को इटहरीमा भेला सम्पन्न भएको छ । भेलाले हरिलाल अधिकारीको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको हो ।
सात सदस्यीय समितिको सचिवमा जीवन बराल र कोषाध्यक्षमा टंक गौतम चयन हुनुभएको छ भने सदस्यहरूमा कृष्णबहादुर खड्का, टेकनारयाण यादव, शान्ताकुमारी पाण्डे र लक्ष्मीकान्त ओझा रहनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले कृषिप्रधान देशमा किसानले भोग्नुपरेको समस्याबारे स्पष्ट पार्नुभएको थियो । उहाँले अखिल नेपाल किसान महासंघ (अप्फा) ले किसानको हक हितका लागि एकल र संयुक्त रुपमा समेत संघर्ष गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वामपन्थी नेता हरिकान्त शर्मा पौडेलले भेला सफतालको शुभकामना दिनुभएको थियो ।
भेलामा राष्ट्रिय जनमोर्चा कोशी प्रदेश अध्यक्ष अमृत पाण्डे, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य सावित्रा रेग्मी र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दिप गोलेको आतिथ्यता रहेको थियो ।