• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

छोरी शिक्षा बढाउन र बालविवाह रोक्न पुरस्कार


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • महोत्तरी । छोरी शिक्षालाई बल पु-याउन र बालविवाह रोक्न मटिहानी नगरपालिकाले विशेष कार्यक्रम सुरु गरेको छ ।

    Advertisement

    विद्यालय र क्याम्पसमा पढ्ने छोरीको संख्या बढाउन र छोरीको बालविवाह रोक्न विशेष कार्यक्रम सुरु गरिएको नगर कार्यपालिकाको कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ ।

    विद्यालय भर्ना र कक्षा बढ्दै जाँदा छोरी घट्दै जाने तथा २० वर्ष नपुग्दै किशोरावस्थामै विवाह हुने पाइएपछि यो अवस्था सुधार्न विशेष कार्यक्रम ल्याइएको शाखाप्रमुख दीपा दासको भनाइ छ ।

    ‘छोरी शिक्षालाई बल दिनेगरी यसअघि पनि कक्षा ८ देखि १२ सम्मका छात्रालाई साइकल, शैक्षिक सामग्री र पोसाक दिइँदै आइएको हो’, शाखाप्रमुख दास भन्नुहुन्छ, ‘अब परिवार, समाजका अङ्ग र धार्मिक व्यक्तित्वलाई पनि यस अभियानमा सरिक गराइँदैछ ।’

    नयाँ कार्यक्रमअन्तर्गत छोरी पढाउन क्याम्पस पठाउने अभिभावकलाई सम्मान गर्ने, बस्तीबस्तीमा बाबुआमा र छोरीहरुबीच पढाइ तथा विवाहका कुरामा अन्तरक्रिया गराउने, बालविवाह निस्तेज गर्न धार्मिक परम्पराका पण्डित, पुरोहित, मोल्वी र अभिभावकबीच छलफल गराउने तथा २० वर्ष मुनिको विवाह धार्मिक दृष्टिले पनि उचित नरहेको सन्देश प्रसारित गर्ने रहेका छन् ।

    यसैगरी, उमेर पुगेर (२० वर्ष नघाएर) छोरीको विवाह गर्ने अभिभावकलाई सामाजिक सम्मानका कार्यक्रम राखिएको शाखाप्रमुख दासले बताउनुभयो । नगरका धेरैजसो बस्ती भारतसँग जोडिएका हुँदा भारततर्फका पण्डित, पुरोहित, मोल्वी र उताका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलाई पनि कार्यक्रममा सरिक गराइने जनाइएको छ । यता नेपाल/भारतका बस्तीमा बाक्लै बिहेवारी सम्बन्ध हुँदै आएका छन् ।

    धानुक, केवट, यादव सहितका जनजाति, खत्वे, चमार लगायतका दलित र सघन मुस्लिम बसोबासको नगर क्षेत्रमा सामाजिक तथा शैक्षिक चेतनाको कमीले छोरी शिक्षा र उमेर पुगेर विवाह गर्ने पक्ष अत्यन्त कमजोर बनेको शाखाको ठम्याइ छ ।

    ‘हामीले पछिल्ला दुई वर्षको पारिवारिक सर्वे गर्दा २० वर्ष मुनिमै छोरी विवाहका आठ सय घटना पायौँ’, दासले भन्नुभयो, ‘यो कहालिलाग्दो अवस्था चिर्न नगरका जनप्रतिनिधि बीचको सम्मतिबाट जनजनले देख्ने, बुझ्ने गरी सचेतनामूलक कार्यक्रम सुरु गर्न लागिएका हुन् ।’ छोराछोरीको वैवाहिक अवस्था हेरिँदा बालविवाह गरिएका छोरी निकै बढी पाइएका दासको भनाइ छ ।

    उहाँका अनुसार बहुविवाहका घटना त्यति बढी नदेखिए पनि अनमेल विवाह (केटीको भन्दा निकै बढी उमेर भएका केटा) र छोरी बालविवाहका घटना भने निकै देखिएका छन् ।

    शाखाले छोरी शिक्षालाई उत्प्रेरित गर्ने र बालविवाह निरुत्साहित गर्नेगरी सुरु गर्न लागेका कार्यक्रम नगर कार्यपालिकाको निर्णयानुसार भएको हुँदा यसमा आफुसहित सबै जनप्रतिनिधिको सक्रिय सहभागिता रहने नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

    छोरी शिक्षालाई बल पु¥याउन र बालविवाह निरुत्साहित गर्न थप प्रभावकारी कार्यक्रम पनि बनाइने नगरप्रमुख मण्डलले बताउनुभयो ।रासस

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.