• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नक्कली भुटानी शरणार्थी प्रकरणले तात्यो संसद


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गर्नुभएको छ ।

    Advertisement

    सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गर्नुभएको छ ।

    सांसद बिजुला रायमाझीले अर्घाखाँचीको भूमिकास्थान–५ का बाबुराम पुन भारतको पञ्जाब लडेर घाइते भएको र उहाँको परिवार विचल्ली भएकाले राज्यका तर्फबाट सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले वनजङ्गलमा डढेलो र आगलाग बढेकाले त्यसको नियन्त्रण र क्षतिपूर्तिबारे संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    सांसद विद्या भट्टराईले सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने योजनाअनुरुप नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको भए पनि हालसम्म राजधानी काठमाडौँमा पर्यटक बसपार्क स्थापना हुन नसेको विषय संसद्मा उठाउनुभयो । पर्यटक बसपार्क नबनेका कारण काठमाडौँको सोह्रखुट्टेको सडकबाटै बस छुट्ने गरेको भन्दै उहाँले तत्काल पर्यटक बसपार्क निर्माणका लागि आग्रह गर्नुभयो ।

    सांसद बीना लामाले सडक बालबालिका, वृद्धव्यक्तिलगायतको व्यवस्थापनका लागि पहल गरिनुपर्ने बताउनुभयो । सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक राष्ट्रपतिको कार्यालयबाट अब फिर्ता आउन नहुने र तत्कालै प्रमाणीकरण गरिनुपर्ने भनाइ राख्नुभयो । सांसद शान्ति विकले पनि नागरिकता विधेयक चाँडो प्रमाणीकरणका आग्रह गर्नुभयो ।

    सांसद वीरबहादुर बलायरले कैलालीमा बाढी पहिरो पीडितलाई घरबासको व्यवस्था गरिनुपर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा आन्दोलनमा बसेका बाढी र पहिरो पीडितका माग सम्बोधन हुनुपर्ने उहाँको भनाइ छ ।

    सांसद बिराजभक्त श्रेष्ठले सरकारी कार्यालय र सेवा प्रवाहमा हुने भ्रष्टाचार निवारणका लागि प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सबै सरकारी कार्यालयमा दर्ता र चलानीका काम प्रविधिबाटै गरिनुपर्ने बताउनुभयो ।

    सांसद श्यामकुमार घिमिरेले चिकित्सकको कमजोरीका कारण बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्तिका लागि सम्बन्धित अस्पताल जिम्मेवारी हुनेगरी कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

    सांसद सुशीला थिङले सिन्धुली जिल्ला अस्पतालको लापरबाहीका कारण एक सुत्केरीको मृत्युको विषयलाई उठाउनुभयो । अस्पतालको लापरबाहीले सुत्केरीको ज्यान गरेको विषयमा संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद शान्ति श्रेष्ठले पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार गौशाला क्षेत्रमा सवारी चाप बढेको र सडकयात्रुलाई समेत असहज भइरहेकाले सो क्षेत्रमा आकाशे पुल निर्माणका लागि आग्रह गर्नुभयो ।सहरी पूर्वाधार निर्माणकै विषय सांसद शिव नेपालीले पनि उठाउनुभयो । उहाँले पोखरा महानगरपालिकाको ढल निकासलगायतको व्यवस्थापन र सिमसार क्षेत्रका ताल संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै व्यक्तिमाथि छानबिन हुनुपर्ने माग गर्नुभयो । विष्णुमती करिडोरको बाटो निर्माणमा तीव्रताका लागि पनि उहाँले आग्रह गर्नुभयो ।

    सांसद डा स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी दायराभित्र ल्याइनुपर्ने बताउनभयो । विपद् जोखिम न्यूनीकरणका लागि सबै संयन्त्र परिचालन गर्नुपर्ने सांसद वाग्लेको भनाइ छ ।

    सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सङ्कल्प प्रस्ताव दर्ता गराए पनि संसद् सचिवालयले त्यसलाई अघि बढाउन ढिलाइ गरेको बताउनुभयो । उहाँले सांसद विकास कोष ब्यूँताउन नहुने धारणा राख्नुभयो ।सांसद ज्ञानबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका भ्रष्टाचारका सबै फाइल अघि बढ्नुपर्ने बताउनुभयो ।

    कानुन सबैका लागि समान हुनुपर्ने धारणा राख्नुहुँदै उहाँले अख्तियारमा रहेका भ्रष्टाचारका फाइल नखोलिए सडक र सदन दुवैतर्फ सङ्घर्ष थालिने बताउनुभयो । सांसद सुनीलकुमार शर्माले भारतीय नागरिकले नेपालमा आउँदा प्रतिव्यक्ति २५ हजार भारतीय मुद्रा मात्र ल्याउन पाउने व्यवस्थालाई पाँच लाख पु¥याउनुपर्ने बताउनुभयो ।

    सांसद शेरबहादुर कुँवरले विद्युतीय सुरक्षातर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको बताउनुभयो । विद्युत् प्रसारण र वितरणमा भइरहेको हेलचेक्रयाइँका कारण करेन्ट लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग गर्नुभयो सांसद शोभा ज्ञवालीले राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका बस्ती व्यवस्थापनका लागि संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद सन्तोष परियारले जातीय विभेद्को अन्त्यका लागि संसद्मा आवाज उठाउनुभयो । रुकुम चौरजहारीमा भएको नवराज विक हत्या प्रकरणबारे भएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारबाहीका लागि उहाँले आग्रह गर्नुभयो ।

    सांसद सीता मिजारले २०७७ जेठ १० गते रुकुम चौरजहारीमा भएको नवराज विकलगायतको सामूहिक हत्याको विषय अझै टुङ्गिन नसक्नु दुःखद् भएको बताउनुभयो । त्यसको छानबिन चाँडो टुङ्ग्याउनुपर्ने उहाँको भनाइ छ ।

    सांसद सम्झना थपलियाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधाको विषय उठान गर्नुभयो जनस्वास्थ्यसँग जोडिएका कार्यक्रम सञ्चालनमा उनीहरुको भूमिका महत्वपूर्ण भए पनि न्यून सेवा सुविधा पाइरहेकाले यसबारे सरकारको ध्यान पुग्नुपर्ने उहाँको भनाइ छ ।

    सांसद हितराज पाण्डेले त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालको शहीद सुरेश वाग्ले क्यान्सर केन्द्रको उचित व्यवस्थापन र सञ्चालनका लागि आग्रह गर्नुभयो ।

    सांसद सरस्वती सुब्बाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले भूमि आयोगको काम तीव्र बनाइनुपर्ने जोड दिनुभयो । सांसद सराज अहमद फारुकीले कृषिप्रधान देशमा किसानको विचल्ली हुनु दुःखद् रहेको बताउनुभयो । पछिल्लो एक हप्ताभन्दा बढी समयदेखि आन्दोलनरत कपिलवस्तुका उखु किसानका समस्या समाधानका लागि उहाँले संसद्मार्फत् सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै किसानलाई मल, बीउ, सिँचाइलगायतका सुविधा समयमै उपलब्ध गराइनुपर्ने उहाँको भनाइ छ ।

    हरेक वर्ष सार्वजनिक शिक्षा सुधारको विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा पर्ने गरेपनि त्यसको नतिजा सन्तोषजनक नरहेको धारणा सांसद सरिता भुसालले राख्नुभयो । सङ्घीय शिक्षा ऐन बन्न नसकेको, करार सेवाको शिक्षकको सेवा सुविधाको विषय, न्यून दरबन्दीलगायतका विषय उहाँले उठाउनुभयो ।

    सांसद शान्ति चौधरीले राजापुर र टीकापुर जोड्ने कर्णाली पुल जीर्ण बन्दै गएकाले त्यसको प्राविधिक अध्ययन र मर्मतसम्भारका लागि आग्रह गर्नुभयो । सांसद सीता कुमारी रानाले सवारीसाधनको इन्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषा देवनागरी लिपीमा हुनुपर्ने बताउनुभयो ।

    सांसद सुनिता बरालले स्वास्थ्य संस्थाका कार्यस्थलमा अनुमति नलिइकन फोटो तथा भिडियो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा अतिरञ्जित गर्ने गरेको विषयबारे आन्दोलनरत स्वास्थ्यकर्मीको विषय उठाउनुभयो । यो विषयबारे अहिले माइतीघर मण्डलामा नर्सहरु आन्दोलनमा रहेको बताउनुहुँदै उहाँले स्वास्थ्य संस्थाका कार्यस्थलमा हुने यस्ता गतिविधिमा रोक लगाइनुपर्ने बताउनुभयो ।

    सांसद सूर्यकुमारी श्रेष्ठले सुर्खेत र दैलेख जोड्ने सडकमा सवारी चाप बढी भएकाले उक्त सडक दुई लेनमा विस्तार गरिनुपर्ने बताउनुभयो । सांसद सूर्यप्रसाद ढकालले सहकारी क्षेत्र अस्तव्यस्त हुँदै गएको र पछिल्लो समय शिवशिखर सहकारीले ठूलो रकम हिनामिना गरेको विषय उठाउनुभयो । यो सहकारीका सञ्चालक फरार भएकाले पक्राउ गरी छानबिन प्रक्रिया अघि बढाउन उहाँले आग्रह गर्नुभयो ।

    सांसद सोविता गौतमले व्यापारघाटा कम गर्न तथा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सरकारले विद्युतीय सवारी साधनको कर बढाउन नहुने धारणा राख्नुभयो ।

    सांसद हृदयराम थानीले सुर्खेतको बाबियाचौरको इलाका प्रशासन कार्यालयमार्फत् राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दिने र त्यहाँको इलाका प्रहरी कार्यालयलाई मुद्दा दर्ताको अधिकार दिनुपर्ने माग राख्नुभयो । त्यहाँ नापतौल र मालपोत कार्यालय आवश्यक रहेको पनि उहाँको भनाइ छ ।

    सांसद ज्ञानु बस्नेत सुवेदीले नेपाल रेडक्रस सोसाइटी समस्यामा रहेकाले त्यसका लागि सम्बन्धित निकायले गम्भीर भएर काम गर्नुपर्ने बताउनभुयो । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मक्का मदिना जान विगतका तुलनामा अहिले महँगो भएकाले विपन्न र न्यून आय भएका मुस्लिम समुदायलाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।रासस

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.