धर्म मान्दैनौ, मन्दिर जाँदैनौ भन्दै
बिल्ला नलाइदेउ हामीलाई,
के थाह धर्म के हो, कसरी गर्छन्
गरे पो था हुन्छ तिमीलाई !
आफ्नो अधिकार हो,
जस्ले मान्छ, मान्न पाउँछ
हामीले गरेको धर्मले त तिमीलाई
ज्वरो आउँछ !
भोकोलाई खान दिने,
नांगोलाई लाउन दिने
बेखर्चीलाई खर्च दिने
हाम्रो धर्म यही हो ।
तर,
हामीले कस्को जनै काट्यौं ?
कस्को रीन ढाट्यौं ?
मन्दिर काहा ढाल्यौं र ?
भन न, धर्म गर्नेलाई के मार्यौं र ?
खाली हाम्रै चियो चर्चो
खाली दिमागको खर्चो
बरु आउ एस्तै धर्म गर
दुःखीको साहारा बन
हामीले जस्तै धर्म गर ।
बिमारीले तड्पीएका साथहरुलाई,
सलाम छ सहयोग गर्ने हातहरुलाई
कहिले हस्पिटल पुगेका छौं
कहिले मुद्दा मामीलामा कुदेका छौं ।
हमेसा निष्पक्ष बोल्ने
उदारहण बनेका छौं
आउ तिमी पनि यस्तै बन भनेका छौं,
हो तिमीले सांचो बोलेका छौ
हामी दिनहुँ मन्दिर धाएका छैनौं ।
जानेलाई नजाउ भनेका छैनौं
जिउँदाको उद्दार नगरी मरेकालाई मानेका छैनौं
हामी सामाजिक प्राणी हो
समाजमा मिलेर बस्छौं
अस्वीकार पनि कहाँ गरेका छौं र ?
मन्दिर भित्र पसेका छौं
जिउँदा लक्ष्मी, पार्वती, विष्णु, सरस्वती जस्ता
बेचिएका चेलीको उद्दार गरेका छौं
उनको हक हीत र अधिकारको लडाईं लडेका छौं ।
तिमी मान धर्म म पनि मान्छु
तर तरीका फरक छन् यो जान,
बोल्नु लेख्नु र गर्नुमा फरक हुन्छ
बरु आउ समाजमा केही गरौं
सामाजिक भावनाको दीयो जलाऊँ ।
कसैको चीयो चर्चो नगर
खाली दिमाग खर्च नगर
आउ हातेमालो गर
सामाजिक धर्म गर्न अघी सर
आउ राम्रो संदेश लिएर आउ
हामीलाई धर्म मान्दैनन् भनी बील्ला नलगाऊ ।
समाजमा बस्ने हामी सामाजिक मान्छे
सबैलाई उत्तिकै सम्मान गर्छौं
मन्दिर जानेलाई घृणा गर्दैनौं
सम्मानपूर्वक बोलाएको ठाउँमा
उपस्थित हुनेछौं ।
कसैलाई पीर, ब्यथा, चिन्ता, आपत, दुस्ख कष्ट भए
भन्न पाउने अधिकार छ, हामी तैयार छौं
हामी समाजमा मिलेर सबैसँग
हातेमालो गर्नै मान्छे हौँ ।
(जुना चालिसे)

