• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटनका मेयरलाई देशबाहिर जान प्रतिबन्ध


  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको मेयर देवकुमार नेपालीलाई सरकारले विदेश जान प्रतिबन्ध लगाएको छ ।

    Advertisement

    सहकारीको रकम हिनामिना गरेको आरोप लागेका मेयर नेपाली विदेश भाग्ने सम्भावना भएपछि सरकारले प्रतिबन्ध लगाएको हो । उनी केही दिनदेखि सम्पर्कविहीन छन् ।

    नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाले गत वैशाख ६ गते सबै कारोबार बन्द भएको सूचना जारी गरेको थियो । सो सहकारीमा निक्षेपकर्ताको करिब ४० करोड रुपैयाँ बचत रहेको छ ।

    बागलुङ बजारमा मुख्य कार्यालय खोलेर ढोरपाटन नगरपालिका–१, पोखरा र बागलुङ नगरपालिका–२ मा पनि शाखा कार्यालय सञ्चालन गरिरहेको उक्त सहकारीबाट एकै पटक धेरै निक्षेपकर्ताले पैसा फिर्ता माग्न थालेपछि अध्यक्ष नेपाली सम्पर्कविहीन भएका हुन् ।

    सहकारीले गत वैशाखदेखि नै तरलता अभाव कारण देखाउँदै कारोबार रोकेको थियो। त्यसपछ गत वैशाखदेखि नै बचतकर्ता धर्नामा बसेका थिए।

    यो सहकारीले १८ प्रतिशतसम्म ब्याज दिने प्रलोभन निक्षेपकर्तालाई दिएको खुलेको छ। कतिपयले त्यहीकारण बैंकमा जम्मा गरेको रकम पनि झिकेर सहकारीमा हालेका थिए।

    बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले इमेज सहकारीका निक्षेपकर्ताहरु अहिले धमाधम उजुरी लिएर आइरहेको बताउनुभयो । सहकारीका सेयर सदस्य र निक्षेपकर्ताले मेयर नेपाली भागेको भन्दै निवेदन दिएको उहाँले जानकारी दिनुभयो ।

    २०७४ मा नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि एमालेमा प्रवेश गरेर नेपाली ढोरपाटन नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। अघिल्लो वर्षको वैशाख ३१ गते उनी एमालेबाटै दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका थिए।

    तीन दिनदेखि गायब भएका अध्यक्ष नेपालीलाई प्रहरीले खोजिरहेको छ। उनको अत्तोपत्तो नभएपछि देशबाहिर जान नदिने गरी गृहमन्त्रालयले पत्र काटेको छ। अध्यक्ष नेपालीलाई गृहमन्त्रालयले आइतारदेखि विदेशको यात्रा अनुमतिमा रोक लगाएको छ।

    सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.