बागलुङ बजार । बागलुङमा भिरबाट लडेर वर्ष २४ का पञ्चलाल सदा र वर्ष २७ का वीरेन्द्र सदा घाइते भएका छन् ।
Advertisement
उनीहरू २०८० जेठ ४ गते बिहीबार बागलुङ नगरपालिका वडा नं. ९ तित्याङस्थित झोलुङगे पुलनजिकैको भिरबाट लडेर घाइते भएका हु्न्
उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल बागलुङ पठाइएको छ।
उनीहरू उदयपुर त्रियुगा नगरपालिका वडा नं.२ जोगीदह घर भई जिल्ला बागलुङ नगरपालिका वडा नं. २ स्थित रहेको निर्माणधीन उच्च अदालतको भवनमा काम गर्ने क्रममा घाइते भएका हुन् ।