मानवबेचुवाहरू पानी पानी भएका छन् ।
मान्छे बेची खाने सपना खरानी भएका छन् ।१।
Advertisement
एकपछि अर्का तानिँदै गर्दा दलालहरू ।
किन बनाइएछ नेपाली भुटानी भएका छन् ।२।
जनता पनि सचेत हुनुपर्छ है सुन अब ।
झुक्किएका फर्किन्छ कि लगानी भएका छन् ।३।
देशमा रोजगार छैन बाध्य छन् जनता पनि
गल्ती नगरौँ भएका गल्ती कहानी भएका छन् ।४।
छट्पटाई दुईतिरै भयो नेता र लगानीकर्ता ।
खाने जेल जानेका सपना फडानी भएका छन् ।५।