बर्दघाट नवलपरासी ।
बर्दघाट नगरपालिकाको वडा नम्बर ५ मा राष्ट्रिय जनमोर्चाको नगर समिति गठन भएको छ । शनिबार बर्दघाटमा भएको नगर भेलाले ढुण्डिराज पोखरेलको अध्यक्षतामा १३ सदस्सीय नगर समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा शोभाकान्त लामिछाने, सचिव लक्ष्मण हमाल र कोषाध्यक्षमा तारक केसी चयन हुनुभएको छ ।
सदस्यहरुमा विमला राना, जोगलाल चुडामणि शर्मा, रामसिंह लामा, लाल प्रसाद विक, शोभा देवी लामिछाने, टेकबहादुर गिरी, गणेश आचार्य रहनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ।
उक्त भेलाका प्रमुख अतिथि राजमो लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्दै भेला सफलताको शुभकामना दिनुभएको थियो ।
राजमो नवलपरासी जिल्ला अध्यक्ष किसन बहादुर अधिकारी,जिल्ला सल्लाहकार रेम राना, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सम्झना सुवेदी, राजमो जिल्ला सदस्य तथा बर्दघाट ५ नं वार्ड सदस्य शोभाकान्त लामिछाने लगाएत अतिथिहरुले भेला सफलताको शुभकामना दिनुभएको थियो।
ढुण्डिराज पोखरेलको अध्यक्षता, लक्ष्मण हमालको सञ्चालन र शोभाकान्त लामिछानेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।