• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : महासचिव भट्ट


  •   शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
  • पाल्पा । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा पाल्पाको पाचौ जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव भट्टले राज्यको उच्चतहमा बस्नेहरु नै भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो । उहाँले सरकारले नै वैधानिक रुपमा भ्रष्टाचार गर्दै आएको अहिले प्रमाणित भएको बताउनुभयो ।

    ‘देशका उपप्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव नै भ्रष्टचारको आरोपमा पक्राउ पर्नु नै राज्यले संगठित रुपमै भ्रष्टचार गर्दै आएको पुष्टि भएको छ’ भट्टले भन्नुभयो, ‘भ्रष्टाचारमा संलग्न कोही कसैलाई पनि छोड्न हुँदैन । र, हदैसम्मको कारबाही गरी भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।’

    उहाँले भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजे राजमोले त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

    अर्को प्रशंगमा नेता भट्टले संघीयताका कारण देशको ढुकुटी रित्तिएकाले देश आर्थिक रुपले टाट पल्टिँदै गएको बताउनुभयो । तत्काल प्रदेश खारेज गरी स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा राजमोका केन्द्रीय सदस्य सोमकुमार कार्कीले नेपाली नागरिकलाई गैर नागरिक बनाउने अपराधीलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

    सम्मेलनमा अखिल (छैठौंं)का सचिव पुरन पोखरेल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष निरु थापा, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य नर्मती सिंजाली, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल थापा लगायत नेताहरुले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    जिल्ला अध्यक्ष विशाल दर्लामीको अध्यक्षता, उपाध्यक्ष मानबहादुर बयम्वुको स्वागत र सचिव तिलक गाहाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमको टिमले जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

    शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

    निर्वाचित व्यक्तिहरु सम्मानित
    सम्मेलनका दौरानमा निर्वाचित जनप्रतिनिधि तथा स्ववियु प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा रिब्दिकोट गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष सोमकुमार कार्की, रैनादेबिछहरा–३ का वडा सदस्य विष्णुप्रसाद ज्ञवाली, तानसेन नगरपालिका–११ का वडासदस्य लालबहादुर खाती, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सदस्य पुरन पोख्रेल र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी स्वबियु सदस्य अंशु ठडराईलाई सम्मान गरियो ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् राजमो महासचिव मनोज भट्ट र जिल्ला अध्यक्ष विशाल दर्लामीले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

    शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.