• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अन्तर्राष्ट्रिय जगतमा नेपालको झुकेको शिर

"समाचार टिप्पणी "

  •   बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
  • ज्ञामुराम न्यौपाने ##
    अधिकांश भुटानी शरणार्थीलाई पुनर्वास गराइए पनि केही शरणार्थी अझै अलपत्र परेका छन् । त्यसैले तिनीहरूको स्थायी समाधान गर्ने भनेर केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ असाल २९ गते सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले काम गरिरहेकै बखत् सत्ताकै राजनीतिक संरक्षणप्राप्त गिरोहले अमेरिकी सपना देखाएर कैयन् नेपालीबाट पाँच लाखदेखि ५० लाखसम्म रकम जम्मा गरेर ८७५ नक्कली भुटानी शरणार्थीको सूची तयार पारेको थियो ।

    Advertisement

    नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुलो परिमाणमा भ्रष्टाचार गरेको विषयमा पूर्व उपप्रधानमन्त्री तथा एमाले पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री वालकृष्ण खाँड र उनका स्वकीय सचिव नरेन्द्र केसी, एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका सुरक्षाविद इन्द्रजित राई र उनका छोरा निरज राई संलग्न रहेको विषय बाहिर आइसकेको छ । अधिकांशलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरण एउटा व्यक्ति वा समूह मात्र जोडिएको अपराध होइन । शरणार्थी मामिला नेपालसँग मात्र जोडिने विषय पनि होइन । यो संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय जगत्को समेत ध्यानाकर्षण हुने विषय हो । यसमा जो जो मुछिएका छन्, त्यसबाट प्रष्ट हुन्छ कि यो सिङ्गो राज्यसंयन्त्रकै मिलेमतोमा भएको गम्भीर अपराध हो । यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर झुकेको छ।

    यसैबिच प्रचण्ड, ओली र देउवाको निरन्तरको बाक्लिँदै भेटले कैयन् संशय उत्पन्न भएको छ । एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएका आआफ्ना नेताको संरक्षणमा उनीहरूले के के तानाबाना बुनिरहेका छन् ? यो त भविष्यले नै बताउने छ ।

    यति जस्तो ठुलो काण्डको मुद्दामा के अपराधीमाथि वास्तवमै कारबाही होला वा विगतमा जस्तै बेसरी हल्ला गर्ने र निकम्मा प्रमाण बनाएर अदालतबाट अपराधीलाई सुनियोजित ढङ्गले सफाई दिलाइने छ ? यो पनि निकट भविष्यमा खुल्ने नै छ ।

    अमेरिका पुर्‍याउने सपना देखाएर कैयन् नेपालीबाट पाँच लाखदेखि ५० लाखसम्म रकम सङ्कलन गर्ने गिरोह र राजनीतिक नेतृत्वको साँठगाँठबाट कथित छुटेका शरणार्थीको समस्या समाधान गर्ने भनिएको थियो । धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न भन्दै उक्त गिरोहले नै कार्यदल गठन गर्ने गुरुयोजना बनाएको थियो  ।

    नेपाल अन्तर्राष्ट्रिय जगतमा भ्रष्टाचारको लागि बदनाम छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको गत वर्षको अध्ययनमा नेपाल विश्वको अट्ठाइसौँ भ्रष्ट राष्ट्रको रूपमा चिनिएको थियो । नक्कली भुटानी शरणार्थी काण्डले नेपाल अन्तराष्टिय जगत्मा अझ बदनाम भएको छ। सिङ्गो राज्यसत्ताको संलग्नतामा भएको इतिहास बिर्साउने कालो काण्डले नेपालको राजनीति स्तर र राजनैतिक दल/सत्ताको चरित्रलाई उदाङ्गो बनाएको छ ।

    बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.