काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताउनुभएको छ ।
Advertisement
बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देशमा थुप्रै समस्या रहेको र किमसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्नुभयो । उहाँले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताउनु भयो । उहाँले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको पनि उल्लेख गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताउनु भयो ।