काठमाडौं । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्मा (राजेश) ले कृषिलाई आधुनिकीकरण नगरी देशको विकास सम्भव नहुने बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विकले आगामी आर्थिक वर्षका बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
‘हाम्रो प्राथमिकताको विषय कृषि नै हुन्छ । किन भन्दा नेपाल कृषिप्रधान देश हो । र कृषिलाई हामीले आधुनिकरण नगरिकन यसलाई व्यवस्थित किसिमले अगाडि लैजाने योजना बजेटमा नबनाइकन यो देश अगाडि बढाउन सक्दैनौं’ उहाँले भन्नुभयो, ‘कृषिलाई आधुनिकरण, वैज्ञानिक कारण, यान्त्रिक कृषि मार्फत नै हरेक चिज आकर्षित हुन्छ । कृषिमा आधारित उद्योगहरू आकषिर्त हुन्छन् र कृषिसँग सम्बन्धित शिक्षा आकर्षित हुन्छन् ।’ सांसद विकले कृषि औजार निर्माण गर्ने सीप कलासँग उद्योगहरु जोडिने, त्योसँग ऊर्जा र सिंचाई जोडिन्छ भन्दै कृषिलाई नै प्राथकिता दिनुपर्ने स्पष्ट पार्नुभयो ।
सांसद विकले शिक्षा र स्वास्थ्य व्यापारीको हातमा दिन नहुनेमा पनि जोड दिनुभयो।
फरक प्रशंगमा उहाँले बजेटले दलित, जनजाती तथा सिमान्तकृत वर्गलाई उत्थान गर्नेगरी बजेट ल्याउन सुझाव पनि दिनुभयो ।