काठमाडौं । पक्राउ पुर्जी जारी भइ फरार सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी लिएको छ ।
Advertisement
ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खानतलासी गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव रायमाझी गएको बुधबारदेखि फरार छन् ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।
बिचौलियाहरुले सन्दीपको नाममा चार वर्षअघि डेढ करोडको चेक काटेका थिए।