• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङको तमानखोलालाई ‘मौलिक गाउँ’ बनाइँदै


  •   आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
  • –डम्मर बुढामगर

    Advertisement

    ढोरपाट । बाक्लो मगर बस्ती । काठ, ढुङ्गा र माटोले सलक्क बान्की मिलाइर बनाइएका घरहरु । रातोमाटो र सेतो कमेरोले पोतिएका ती घरले धेरैलाई आकर्षित गरिरहेका छन् ।

    वरिपारी गाउँमा बीचमा कलकल बग्ने तमानखोला । चौबिसै घण्टा सिरसिर हावा चलिराख्ने यो गाउँको विशेषता हो ।

    बागलुङको तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ निकै रमणीय छ । परम्परागतरुपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ ।

    करिब डेढ दशक अगाडि मोटरबाटोले जोडिएको तमान गाउँमा अहिले छुट्टै रौनक देखिन्छ ।

    विसं २०६७ मा सडकले जोडिए पनि उतिबेला अहिलेको जस्तो चहलपहल हुँदैनथ्यो । म्याग्दीको ओखारबोटदेखि लाम्मेला हुँदै तमान जोडिएको सडकले अहिले गाउँको मुहारै फेरिदिएको छ । गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि तमान गाउँको आकर्षक भनेको ढुङ्गे घर नै हो ।

    गाउँमा प्रशस्तै ढुङ्गा पाइने हुँदा स्थानीयले सदुपयोग गरी घरलाई चिटिक्क बनाउँदै आएका छन् ।

    जिल्लाको धेरै ठाउँमा यस्ता मौलिक घर हराउँदै गइरहेका सन्दर्भमा यहाँ भने जहाँतहीँ देख्न सकिन्छ । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले झनै मोहित बनाउँछ ।

    गाउँका टोलटोल र बस्तीबस्तीमा एकै प्रकारका घरले आगन्तुकलाई घण्टौँ भुलाउन सक्छन् । तर पछिल्लो समय आधुनिक प्रविधिको विकासले गर्दा यस्ता मौलिक घर सङ्कटमा पर्ने खतरा बढेको छ ।

    गाउँमा सडकको सहज पहुँच पुगेपछि कङ्क्रिटका घर तथा भवन ठडिन थालेका छन् । यस्ता घर भवनलाई रोकी तमानलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्न तमानखोला गाउँपालिकाले योजना बनाएको छ ।

    गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकारप्रकारको बनाउने योजना अघि सारेको छ । तमान गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो ।

    प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँको भनाइ छ । पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातीत वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरले बताउनुभयो ।

    तमान निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर पुरानै शैलीका छन्, गाउँको संस्कार संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरु लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो’, अध्यक्ष बुढा मगरले भन्नुभयो ।

    गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उहाँको भनाइ छ ।

    अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने बताउनुभयो । घरका छेउछाउमा ढुङ्गा बिछ्याउने, घरमा लगाइने रङ, ढुङ्गाको छानो पनि एकै प्रकारको बनाइने उहाँको भनाइ छ । देशका दश नमुना सहरमध्येको एक बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा तमान गाउँ पुग्न सकिन्छ ।

    बोङ्गादोभान र खुङ्खानी दुवैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ ।

    स्थानीय ओमकुमारी बुढाथोकीले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताउनुभयो । अहिले बन्ने अधिकांश घर नयाँ शैलीका हुने गरेको उहाँको भनाइ छ ।

    नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमेरोले पोत्न छोडेर विभिन्न थरिका रङ लगाउन थालिएको बुढाथोकी बताउनुहुन्छ ।

    बुढाथोकी भन्नुहुन्छ, ‘अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घरहरु पनि नयाँनयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै विस्तारै हराउँदै गएका छन् ।’

    स्थानीय मनबहादुर बुढाथोकीले पहिले तमान गाउँका अबै घर ढुङ्गा माटोको गारो र छानो पनि ढुङ्गैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको बताउनुभयो ।

    तमान गाउँमा अहिले करिब दुई सय ५० घर रहेकामा आधा दर्जन बढी सिमेन्टका कङ्क्रिट बनेको सुनाउनुभयो । गाउँपालिकाले कलासंस्कृति संरक्षण गर्न बनाएको योजना स्वागतयोग्य रहेको बुढाथोकीको भनाइ छ ।

    पहिला गाउँका पूरै घर ढुङ्गाले छाएका थिए, उतिबेला गाडी गुड्ने सडकको पहुँच थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुङ्गाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुना काप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले’, बुढाथोकीले भन्नुभयो ।

    पहिले घर स्थानीय सिकर्मी र डकर्मीले बनाउँथे, उनीहरुमा निकै राम्रो कला र सीप भए पनि अहिले त्यो सीप पनि हराएको उहाँको भनाइ छ ।

    आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.