रवि पौडेल ##
कस्ता कस्ता थिए ती दिन
इतिहास सम्झेर शिर झुक्यो
एकमना र एकरूपताको मिलन थियो
सम्झेर ती दिनले पश्चाताप दियो
हन्डर र खण्डहरमा जुट्थे एकता का हातहरू
कसरी थुरथुर काप्थे त्यहाँ कायरहरू
सल्किन्थ्यो राँकेजुलुस एउटै समयमा
थर्कमान हुन्थे फटाहहरू गाउँघरमा
इतिहासले रचेका पानाहरू किन च्यातिदै गए
आफ्नै भन्नेहरू पनि किन अन्यन्त्री भए
दुस्मनका किल्ला भत्काउने बाचा थियो
इतिहास हेरौँ त्यो कुरा साँचो थियो
इतिहासका मिठा सपनी किन सेलाउदै गए
क्रान्तिका सिपाही पनि किन पछि हट्दै गए
वर्गविहीन समाज खोज्ने आँखा किन बन्द भए
घर भत्काउँदै साथी किन दृष्टिविहीन हुँदै गए
विशाल छाती र पिल्लरे खुट्टा किन कापे होलान्
आफ्नो घरभन्दा अर्कैको किन रुचाउदै होलान ?
इतिहास मेटाउने दुस्साहस किन गर्दै छौँ यहाँ
समस्याको समाधान हुँदैन हेर साथी यसरी
पश्चाताप रोएर आँसु बगाउनेबाहेक हुने छैन अरू
उठ, जाग र फर्क बनाऊ बरु भत्काएका घरहरू
(जैमिनी नगरपालिका–७ जैदी धुल्लुगहते, बागलुङ)