दैलेख बजार । दैलेखको भगवतीमाई गाउँपालिका वडा नं। ६ रानिगाउँमा नेकपा ९मसाल० को ऐतिहासिक तीन अभियानको उद्घाटन गरिएको छ ।
“ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ” नाराका साथ २०८० वैशाख २० गते आयोजित कोणसभामा सो कार्यक्रमको उद्घाटन गरिएको हो ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश सदस्य नरबहादुर विकले ऐतिहासिक तीन अभियान सफल पार्न पार्टीका सम्पूर्ण पङ्क्ति लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सो अवसरमा उहाँले सङ्घीयता नेपालका लागि बोझिलो व्यवस्था सावित भइसकेकाले त्यसलाई तत्कालै खारेज गर्नुपर्ने बताउनुभयो ।
कोणसभालाई अखिल ९छैठौं० का पूर्व केन्द्रीय सदस्य प्रकाश जिसी देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढ्दै गएकाले त्यसका विरुद्धको आन्दोलनलाई सम्पूर्ण देशभक्त जनताको सहयोगमा अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सो अवसरमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले जोडदार सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।