• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको अध्यक्षमा प्रेम सापकोटा


  •   बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
  • खिमराज चालिसे,अम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको अध्यक्षमा प्रेम सापकोटा चयन हुनुभएकाे छ ।

    Advertisement

    समितिकाे १० औं सम्मेलनले सापकोटाको अध्यक्षतामा ५५ सदस्यीय क्षेत्रीय समिति चयन गरेको छ ।

    सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गर्नुभएकाे थियो। सो अवसरमा विभिन्न संघ संस्था परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका नव प्रवेशीहरुलाई समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठनको सदस्यता प्रदान गर्नुका साथै सम्मान गर्नुभएको थियो ।

    चण्डीगढ गोर्खा समाजबाट हरि बहादुर खरेल, प्रवासी नेपाली संघ भारत अम्बालाका नगर सदस्य लक्ष्मण अर्यालले सोही अवसरमा मूल प्रवाहमा प्रवेश गर्नुभएको हो । अन्य दुई जनालाई पनि सोही अवसरमा प्रवेश गराइएको थियो ।

    सम्मेलनको बन्दसत्रमा लक्ष्मण खड्का, तारा सोमरे, खिमराज चालिसे, कृष्ण जिसी र जुना चालिसे रहेको पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । बन्द शत्रको अध्यक्षता लक्ष्मण खड्काले र सञ्चालन खिमराज चालिसेले गर्नुभएको थियो । २१ नगर समितिहरुबाट प्रतिनिधित्व रहेको सो सम्मेलनमा नगर प्रतिनिधिहरुले रिर्पोटिङ प्रस्तुत गर्नुभएको थियो । विभिन्न नगरहरुबाट आएका समस्या बारे अध्यक्ष प्रेम सापकोटाले र केन्द्रीय समितिसँग जोडिएका विषयमा केन्द्रीय अध्यक्ष ठाकुर खनालले स्पष्ट पार्नुभएको थियो ।

    क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष दिनेश खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफल पश्चात दुबै प्रतिवेदन माथि प्रतिनिधिहरुबाट आएका सुझावहरुलाई समावेश गर्ने गरि हाउसबाट पारित गरिएको थियो । तत्पश्चात ३ सदस्यीय निर्वाचन आयोग गठन गरि निर्वाचन प्रक्रिया अगाडि बढेको थियो ।

    घोषणा सभा कार्यक्रम
    तिलक पौडेलको अध्यक्षता र प्रेम आचार्यको सञ्चालनबाट अगाडि बढेको घोषणा सभामा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सल्लाहकार राजकुमार शाही, पश्चिमोत्तर क्षेत्रीय समितिबाट लक्ष्मी खडायत, महिला केन्द्रीय विभागबाट शुष्मा खड्का लगायतले आतित्थ्यता गर्नुभएको थियो ।

    नव निर्वाचित समितिको घोषणा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले गर्नुभएको थियो । जसमाः अध्यक्ष- प्रेम सापकोटा (रोपड), उपाध्यक्ष- कृष्ण जीसी (श्रीगंगानगर) सचिव कुलबहादुर बगाले, (जालन्धर), सहसचिव तारा सोमरे, तारा सोमरे (हिसार) र कोषाध्यक्ष दिनेश खडका (चण्डिगढ) चयन हुनुभएकाे छ।

    सदस्यहरूमा प्रेम आचार्य (चण्डिगढ), नर बहादुर ओली (भटिण्डा), तिलक पौडेल (चण्डिगढ), खिमराज चालिसे (चण्डिगढ), प्रेम रसाइली (अम्बाला), लक्ष्मण खड्का (जालन्धर), जीतमान थापा (जालन्धर), धन बहादुर गोर्खाली (जालन्धर), राम चन्द्र पौडेल (लुधियाना), उदय सिंह चन्द (लुधियाना), अर्जुन कार्की (लुधियाना), शिवलाल लामीछने (रोपड), विल बहादुर गुरुङ (रोपड), तेज बहादुर रोका (चण्डीगढ), राम प्रसाद पोख्रेल (विकानेर), जागेस्वर न्यौंपाने (गंगानगर), खेमराज पोख्रेल (संगरुर), तुल बहादुर रसाइली (नवाशहर), मायाँ आचार्य (चण्डीगढ), बिनु नेपाली (चण्डिगढ), लाल बहादुर चुदाली (हिसार), हुम बहादुर बिक (गंगानगर), विष्णु भुसाल (पटियाला), सुरेश क्षेत्री (हिसार), छबिलाल सापकोटा (रोपड), जुना चालिसे (चण्डिगढ), मान बहादुर के. सी. (चण्डिगढ) र गिरु न्यौपाने (गंगानगर) रहनुभएको छ ।

    त्यस्तै वैकल्पिक सदस्यहरुमाः बाबुराम पोख्रेल (हिसार), विष्नु थापा (गंगानगर), ओमप्रकाश तिवारी (हिसार), कमला पाण्डे (विकानेर), राम बहादुर ताम्राकार (गोविन्दगढ), लक्ष्मी खनाल (संगरुर), तुलस बहादुर थापा (भटिण्डा), कृष्ण बराल (फतेहवाद), शंकर गौतम (सिरसा), चक्रसिंह चन्द (लुधियाना) र हिम प्रसाद सुनाम (जालन्धर) रहनुभएको छ ।

    सम्मेलनले खगी थापा (रोपड), हिरा बहादुर गुरुङ (कुरुक्षेत्र), राम बहादुर गुरुङ ( जम्मु), विष्नु नेपाली (मानसा), काजीमान राई (डेराबसी), लक्ष्मण अर्याल (अम्बाला), राजकुमार अधिकारी (लुधियाना), सीता सापकोटा (रोपड), कैलास खड्का (लुधियाना) र बसन्त जी. सी. (होशियारपुर) लाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान – रिक्त राखिएको छ । सम्मेलनले एक रिक्त सहित ५५ सदस्यीय सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति चयन गरेको छ । सिंगो समितिको तर्फदेखि अध्यक्ष प्रेम सापकोटाले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    घोषणा सभाकै दिन ३९ सदस्यीय सुुदुर पश्चिमोत्तर क्षेत्रीय महिला विभागको पनि घोषणा गरिएको थियो । जसको घोषणा केन्द्रीय सचिव त्रिभुवन भट्टराईले गर्नुभएको थियो । जसमा संयोजकः- सिता सापकोटा, सदस्यहरुमा क्रमशः शुष्मा खड्का (जालन्धर), जुना चालिसे (चण्डीगढ), सुनिता भट्टराई (गंगानगर), बसन्ता नेपाली (गंगानगर), मायाँ आचार्य (चण्डीगढ), मिना बगाले (जालन्धर), कमला पाण्डे (विकानेर), लक्ष्मी खनाल (संगरुर), सिता पोखरेल (हिसार), सेती राना (हिसार), चन्द्रा सोमरे (हिसार), कमला बगाले (हिसार), सिमा खड्का (चण्डीगढ), जमुना खनाल (चण्डीगढ), मञ्जु सुनार (चण्डीगढ), विष्णु अर्याल (चण्डीगढ), रुपा कार्की (रोपड), मञ्जु शर्मा (संगरुर), मिना थापा (जालन्धर), विमला पाण्डे (पटियाला), ज्योती गुरुङ (कुरुक्षेत्र), दिपा चन्द (लुधियाना), दुर्गा लामिछाने (रोपड), मञ्जु थापा (रोपड), मायाँ थापा (टोहना), तुल्सी थापा (रोपड), विमला अधिकारी (लुधियाना), गिता चन्द (लुधियाना), पार्वती क्षेत्री (अम्वाला), अञ्जु सुवेदी (अम्बाला), बसन्ता थापा (लुधियाना), निर्मला विक (लुधियाना), बागमती केसी (गंगानगर), कमला खड्का (गंगानगर), निर्मला परियार (लुधियाना), कमला जिसी (गंगानगर) र सविता शर्मा (विकानेर) रहनुभएको छ । सिंगो विभागको तर्फदेखि संयोजक सिता सापकोटाले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    नव निर्वाचित समिति र विभागलाई मनोज भट्ट, ठाकुर खनाल, कपिल खनाल, राजकुमार शाही, लक्ष्मी खडायत, स्वंयसेवकको तर्फदेखि प्रेम गुरुङ, विद्यार्थी विभागको तर्फदेखि माधव पोखरेल, रक्तिमको तर्फदेखि विनु नेपाली र जातिय समता समाजको तर्फदेखि राम बहादुर नेपालीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

    दुवै दिन रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विभिन्न नगरहरुबाट व्यापक रुपमा उपस्थित रहेका कलाकारहरुद्धारा प्रस्तुत सा‌ंस्कृतिक प्रदर्शनले सम्मेलनलाई अझै भव्यताका साथ सम्पन्न पार्न सहज बनाएको थियो ।

    गणतन्त्रका लागि बलिदानी दिनेप्रति राजावादीले संसदबाट हाँसिमजाक गरेका छन् : भट्ट

    बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.