• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गणतन्त्रका लागि बलिदानी दिनेप्रति राजावादीले संसदबाट हाँसिमजाक गरेका छन् : भट्ट


  •   बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
  • खिमराज चालिसे, अम्बाला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको १० औं सम्मेलन सम्पन्न भएको छ । हरियाणा प्रदेशको अम्बालामा २९–३० अप्रेलमा सम्पन्न भएको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उद्घाटन गर्दै आगामी जेठ १ गतेदेखि साम्राज्यवाद विरुद्ध मेची महाकाली अभियान शुरु गरिने जानकारी दिनुभयो ।

    ‘अभियान कञ्चनपुरमा उद्घाटन भई पूर्वका विभिन्न जिल्लासम्म सम्पन्न पारिने छ । अभियानको मुख्य उदेश्य साम्राज्यवादी गतिविधि विरुद्ध देशभक्त नेपाली जनतालाई सचेत र संगठित गर्नु हो’ उहाँले भन्नुभयो–‘नेपाली जनताले लोकतन्त्र संस्थागत गर्नकै लागि करिब ७३ वर्षदेखि संघर्षरत रहेका छन् । देशमा गणतन्त्र स्थापना त भएको छ, तर हामी ढुक्क हुने अवस्था छैन । गणतन्त्र रहन्छ वा रहँदैन ।’

    महासचिव भारतमा गणतन्त्रलाई कसैबाट खतरा छ भने मोदीको फाँसीवादबाट छ भन्दै नेपालमा प्रतिगामीसँगै विदेशी तत्वबाट पनि खतरा रहेको बताउनुभयो ।

    ‘नेपाली जनताले पटक–पटक लडेर गणतन्त्र स्थापना गर्दछन् तर पटक पटक राजतन्त्रले घाँटी निमोट्ने काम गरेको छ । अहिले पनि गणतन्त्रलाई फाल्नका लागि राजतन्त्र र त्यसका पिछलग्गु तत्वमात्रै तल्लिन छैनन्, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद पनि लागिपरेका छन् ।’ संविधान सभाको लागि नेपाली जनता करिब ७३ वर्षसम्म लडेको र संविधान सभाबाट सार्वभौम बनाउन पाउनु नेपाली जनताको अधिकार रहेको नेता भट्टले जोड दिनु भयो ।

    ‘राजालाई सम्सानघाटमा पुर्‍याउनका लागि २१ जना युवाहरुले बलिदान दिएका थिए, उनीहरुको बलिदानीप्रति आज संसदको रोष्टममा राजावादीहरुबाट हँसिमजाक हुन्छ’ महासचिव भट्टले भन्नुभयो,–‘जनताले गणतन्त्रबाट जुन आशा गरेका थिए, त्यो आशा सरकारमा गएका राजनीतिक पार्टीहरुबाट पुरा हुन सकेन । १३ पटकसम्म सत्तामा पुगेको कांग्रेस, ६ पटक सत्तामा पुगेको एमाले, विद्रोहको नाममा आएका माओवादी ४ पटकसम्म सत्ताम पुगेर पनि नेपाली जनतालाई गणतन्त्र आएको अनुभुति गराउन सकेनन् । राजनीतिक दलहरुले गुमाएको यो विश्वासलाई राजावादी र साम्राज्यवादी शक्तिहरुले प्रयोग गरेर गणतन्त्रलाई नै समाप्त पार्ने कोशिसमा छन् ।’

    कांग्रेसले बढाएको महंगी एमालेले घटाउन सकेन, एमालेले गरेको भ्रष्टाचार माओवादीले नियन्त्रण गर्न नसकेका कारण देशमा सुशासन कायम हुन नसकेको र कांग्रेस, एमाले र माओवादीमा कुनै फरक नभएको महासचिव भट्टको भनाई थियो ।
    ‘नेपाली जनताले गणतन्त्रको विकल्प खोजिराखेका छन्, तर गणतन्त्रको विकल्पको रुपमा गलत मान्छे र पार्टीलाई रोज्नु दुःखको कुरा हो’ भट्टको भनाई थियो,–‘जसले नेपालको ऐनकानुन मान्दैन, जो लाम्पट आवारा गिरी गर्दछ, दुई–दुईवटा राहदानी बोकेको छ, कानुनको धज्जिया उडाउँछ, उसलाई गणतन्त्रको विकल्पको रुपमा रोज्ने कोशिस नेपाली जनताले गरेको छ, त्यो अत्यन्तै घातक छ । खराबको विकल्प त्यो भन्दा पनि खराब हुन सक्दैन । खराब दलको विकल्प त्यो भन्दा खराब दल हुन्छ वा त्यो भन्दा राम्रो दल हुन्छ रु तावाको माछो भुंग्रोमा भने जस्तै हुन्छ ।’ नेता भट्टले आफू र आफ्नो पार्टीले पनि यो ७३ वर्षको अवधिमा ठूलो त्याग र बलिदानी गरेको बताउनु भयो ।

    ‘नेपालको इतिहासमा साम्राज्यवादी शक्तिको आशिर्वाद बिना कुनै पनि सत्तासिन राजनीतिक पार्टीहरुको गालामा लालि चढ्दैन’ भट्टले अगाडि भन्नुभयो–‘जुनबेला सोभियत संघको सहयोगमा भारतीय कांग्रेसको गालामा लालि चढेको थियो । जब सोभियत संघ विघटन भयो त्यस पछि सुस्तसुस्त भारतीय कांग्रेसको लालि उत्रियो । त्यस्तै माओवादी पनि जुनदिन रोल्पाबाट दिल्ली आए र दिल्लीबाट सिंहदरबार पुगे त्यसपछि माओवादीको गालामा लालि चढ्यो । अहिले रविको पार्टीको लालि पनि अमेरिकी साम्राज्यवाद सिआइएले लगाई दिएको लालि हो । चुनावमा करोडौं खर्च भएका छन्, मिडियालाई आफ्नो कब्जामा पारेका छन्, त्यो सबै खर्च कहाँबाट आयो?’ भट्टले प्रश्न गर्नु भयो ।

    अमेरिकाबाट आएका धर्मप्रचारकहरुले नेपालमा धमाधम धर्मान्तरण गराएर क्रिश्चियनहरुको संख्या बढाइरहेको उहाँले बताउनुभयो । क्रिश्चियन धर्म केवल धर्मको लागि होइन, क्रिश्चियन धर्मलाई अमेरिकी साम्राज्यवादले आफ्नो साम्राज्यवादी उदेश्य पुरा गर्ने हथियारको रुपमा प्रयोग गरिरहेको बताउनुभयो ।

    भट्टको भनाई थियो, ‘आज अमेरिकी साम्राज्यवादले आफ्नो उदेश्य पुरा गर्ने योजनाले नेपालमा १७ हजार चर्च पुर्‍याएको छ । आफ्नो मेशिनेरी उदेश्य पुरा गर्नलाई अमेरिकाले नेपाललाई धर्मान्तरणलाई पनि औजार बनाएको छ । अर्को हथियार रवि हुन् । राजनीतिक पार्टी निर्माण गरि संसदमा आफ्नो बलियो उपस्थिति दर्ज गराई नेपाललाई आफ्नो निहित स्वार्थ पुरा गर्ने उदेश्यले अमेरिकी साम्राज्यवादले काम गरिरहेको छ । त्यसैको एजेन्टको रुपमा रविले काम गरेका छन्।’

    उद्घाटन शत्रलाई मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, पश्चिमोत्तर क्षेत्रीय सदस्य लक्ष्मी खडायत, पूर्व केन्द्रीय उपाध्यक्षकी धर्म पत्नी एवं युरोप नेपाली एकता समाजकी सदस्य मालती शर्मा, महिला विभागकी शुष्मा खड्का, रक्तिम विभागका विनु कुमार नेपाली, पूर्व केन्द्रीय सचिव माला केसी, विद्यार्थी विभागका माधव पोखरेल, समता विभागबाट धनराज गोर्खाली, प्रवासी नेपाली संघ भारतका दिपक डाँगी लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता प्रेम सापकोटाले र सञ्चालन त्रिभुवन भट्टराईले गर्नुभएको थियो । कलाकारहरुले श्रद्धाञ्जली गित प्रस्तुत गरेपछि कुल बहादुर बगालेले मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।

    केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य क्रमशः तिलक पौडेल, दिनेश खड्का, कृष्ण जिसी, खिमराज चालिसे, नर बहादुर ओली, रामचन्द्र पौडेल, तारा सोमरे, धनराज गोर्खाली, प्रेम आचार्य, जितमान थापा, सदस्य बाशुदेव भट्टराई, समता विभागका हुम बहादुर विक, विद्यार्थी केन्द्रीय विभागका सदस्य विष्णु वेलवासे, जनजाति विभागका थम्मन थापा लगायतले आतित्थ्यता गर्नुभएको थियो ।

    सम्मेलनको उद्घाटन शत्रको अवसरमा विभिन्न संघ संस्था परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको थियो । नव प्रवेशीहरुलाई समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठनको सदस्यता प्रदान गर्नुका साथै सम्मान गर्नुभएको थियो । चण्डीगढ गोर्खा समाजबाट हरि बहादुर खरेल, प्रवासी नेपाली संघ भारत अम्बालाका नगर सदस्य लक्ष्मण अर्यालले सोही अवसरमा मूल प्रवाहमा प्रवेश गर्नुभएको हो । अन्य दुई जनालाई पनि सोही अवसरमा प्रवेश गराइएको थियो ।

    उद्घाटन पूर्व नगरहरुबाट उपस्थित प्रतिनिधि, पर्यवेक्षक, आमन्त्रित दर्शक, कलाकारहरुले विभिन्न गगनभेदी नारासहित मार्चपास गरेका थिए । रक्तिमका कलाकारहरु विभिन्न गीत–संगीत र झाँकी सहित मार्चपासमा सहभागी भएका थिए । मार्चपास पछि शहरको सैनी धर्मशालामा उद्घाटन सभामा परिणत भएको थियो ।

    बुधबार, बैशाख २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.