वीरेन्द्रनगर । “ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ” मूल नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा एक सय चौतिसौँ अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानको उद्घाटन भएको छ ।
२०८० वैशाख १८ गते शनिबारका दिन सम्पन्न उक्त कार्यक्रममो प्रमुख अतिथि राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा हुनुहुन्थ्यो ।
सो अवसरमा सम्बोधन गर्दै उहाँले ऐतिहासिक तीन अभियानबाट नेपालको कम्युनिस्ट आन्दोलनमा गुणात्मक परिवर्तन आउने बताउनुभयो ।
उक्त अभियान आगामी एक वर्षसम्म चल्ने बताउँदै उहाँले त्यसलाई सफल पार्न सम्पूर्ण नेता–कार्यकर्ताहरू लाग्न पनि जोड दिनुभयो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का नेता हिरालाल नेपाली, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती, रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष जीवन शाही, रक्तिमकै जिल्ला अध्यक्ष कबिता ठाडा, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य पार्वती ठाडा, अखिल (छैठौं) का जिल्ला अध्यक्ष लेनिन रेग्मी, अखिल (छैठौं) कै प्रदेश कोषाध्यक्ष झरना रानालगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
हेमराज शर्माको सञ्चालन तथा राजमो जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदीको स्वागतसहित अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) का प्रतिनिधि विष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।