दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले बेलौतीको बिरुवा भएको गमलामा पानी राखेर गर्नु भएको थियोे ।
सम्मेलनमा राजमो जिल्ला सचिव वसन्त पौडेल, अखिल नेपाल किसान महासंघ जिल्ला सल्लाहकार विष्णु भुसाल, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रुमाल बसेल, रक्तिम सांस्कृतिक अभियान जिल्ला उपाध्यक्ष बुद्धबहादुर जिसी, अखिल नेपाल महिला संघ नगर अध्यक्ष वसन्ता खनाल लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियोे ।
नगर उपाध्यक्ष तारा खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव लेखराज आचार्यले गर्नु भएको थियोे ।

सम्मेलनले हरि थापाको अध्यक्षतामा १९ सदस्यीय नगर समिति र ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा तारा खनाल, सचिव बुद्धबहादुर जिसी, सहसचिव वसन्ता खनाल, कोषाध्यक्षमा बमबहादुर थापा चयन हुनु भएको छ ।
सदस्यहरुमा वासुदेब भट्टराई, चेतप्रसाद गोराथोकी, पिताम्बर पोख्रेल, विष्णु आचार्य, सुन्दर चौधरी, सीता खनाल, हरिप्रसाद पौडेल, गोपाल भट्टराई, नुमबहादुर पुन, कृष्ण भुसाल, सान्ता खड्का, बिमला आचार्य, कृष्ण पन्थी र सान्ता भुसाल रहनु भएको छ । सल्लाहकारहरुमा विष्णु भुसाल, लेखराज आचार्य, झबिन्द्र आचार्य, विष्णु खत्री, अनिल पौडेल, सोभकला खनाल र लोकेन्द्र परियार रहनु भएको छ।
नवनिर्वाचित समितिलाई जिल्ला सचिवालय सदस्य पदमप्रसाद गोराथोकीले बधाई दिनु भएको थियोे ।