बुटवल । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।
Advertisement
बुटवलदेखि बागलुङको बुर्तिवाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३, सूर्यपूरा निवासी अन्दाजी ४० वर्षीया राधिका पौडेलको ज्यान गएको हो ।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ।