दिनेश रैदास, दाङ ।
दाङको लमही नगरपालिका वडा नं १ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ। भेलाले बोमबहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिव अनिल पौडेल, कोषाध्यक्ष सिता खनाल, सदस्यहरु नरबहादुर दर्लामी, पुस्पा पौडेल, विमला पौडेल , मोतीराम चौधरी रहनुभएको छ भने एक स्थान हाल रिक्त राखिएको छ ।
त्यसैगरी भेलाले दुर्गादत्त अधिकारी, विष्णु खत्री, ईश्वरी प्रसाद पौडेल, टिकाराम पौडेल, रविबहादुर अधिकारीलाई सल्लाहकार चयन गरेको छ ।
दुर्गादत्त अधिकारीको अध्यक्षता तथा राजमो जिल्ला सचिव वसन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको भेलाको सञ्चालन राजमो लमही नगर सचिव लेखराज आचार्यले र स्वागत जिल्ला सदस्य कुलचन्द्र पोख्रेलले गर्नु भएको थियो।